January 11, 25
5.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता महत्त्वपूर्ण प्रतियोगिता हो : मन्त्री देउवा

मा प्रकाशित

कञ्चनपुर ।  सुदूरपश्चिम प्रदेशका भौतिक विकास मन्त्री प्रकाश देउवाले राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता महत्त्वपूर्ण प्रतियोगिता भएको बताएका छन् ।
बेलौरी नगरपालिकाको गोकुलपुर स्थित लक्ष्मी माविको खेल मैदानमा आयोजित जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन कार्यक्रमका बोल्दै उनले यस्तो बताएका हुन् । खेलका माध्यमबाट प्रदेशलाई चिनाउन समेत मदत पुग्ने बताए ।
उनले स्थानीय तहमा अध्ययनरत विद्यार्थीहरू खेलाडीहरूलाई खेलका माध्यमहरूबाट छनोट गराएर प्रदेश स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता प्रदेशबाट राष्ट्रिय स्तरसम्म आफ्नो आफ्नो खेलबाट प्रदर्शन गर्ने यो प्रदेशलाई चिनाउने ठुलो अवसर हो ।
यस्ता प्रतियोगितामा खेलाडीहरू अनुशासित हुनुपर्ने बताए । यस्तै उनले जनतालार्ई प्रदेश सरकार हाम्रो हो भन्ने बनाउनमा आफूहरू लागि परेको बताए ।  जिल्ला खेलकुद समिति कञ्चनपुरका अध्यक्ष कुबेर खड्काको सभापतित्वमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका सम्पन्न भएको हो ।
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु