December 4, 24
19.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वासको आनन्दबजारबाट सवा १५ लाख भारतीय मुद्रा र गरगहना सहित ३ जना सशस्त्रद्वारा पक्राउ

मा प्रकाशित

पुनर्वास ,
कञ्चनपुरको पुनर्वास नगरपालिका ४ आनन्द बजार कार्गिल डाँडाबाट भारतीय रुपैयाँ र सुनका गरगहनाका साथ सशस्त्र प्रहरीले शुक्रबार बेलुका ३ जनालाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरीको गस्ती टोलि द्वारा
जिल्ला कैलाली गोदावरी नगरपालिका ८ बस्ने अन्दाजी बर्ष २९ को अम्मर भुल , गोदावरी नगरपालिका ८ बस्ने अन्दाजी बर्ष ३९ को खडक सिह भुल र डडेल्धुरा आलिताल गाउपालिका ४ बस्ने अन्दाजी बर्ष २४ को बिरेन्द्र सार्की रहेका छन ।

उनिहरुबाट १५ लाख २८ हजार ५८८ भारतीय रुपैयाँ र नेपाली रुपैया ६५५ सहित पँहेलो सुन जस्तो देखिने बस्तुको गहना, मोवाईल फोन सहित नियन्त्रणमा लिइ थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल नं.३५ गण शैलेश्‍वरी कञ्‍चनपुरका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम बहादुर रावलले बताए ।

सशस्त्र प्रहरी बलको गस्ती टोलिले नियन्त्रणमा लिएका उनिहरुबाट सिक्रि ४ थान , पाँउजु १ जोडी , औँठि ४ थान , वाला ३ थान, टप १० थान , बटन १ थान, झुम्का १ जोडी टाउकोमा लगाउने गहना १ थान , जन्तर १ थान , घडि १ थान , मोवाईल सेट OPPO/VIVO/REDMI ३ थान , खाली पर्स ४ थान , खडक बहादुर भुलको नेपाली नागरिकता १ थान , कमला सार्कीको नामको सनराईज बैंकको ATM कार्ड १ थान , कालो चस्मा १ थान , कालो झोला १ थान फेला परेको सशस्त्र प्रहरी शैलेश्वरी गणका सशस्त्र प्रहरी उपरीक्षक रावलले बताए ।

सशस्त्र प्रहरी बलको फर्वाड बेश कार्गिल डाँडाका सशस्त्र प्रहरी नायव निरीक्षक सागर सिंह धामीको कमान्डमा रहेको गस्ती टोलीले चेक जाँचका क्रममा नियन्त्रणमा लिएको जनाइएको छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु