कञ्चनपुर । कञ्चनपुरमा अबैध समानसहित एक जना पक्राउ परेका छन्।
जिल्लाको भीमदत्त नगरपालिका–४ मा भन्सार छलिगरी अबैधरुपमा ल्याएका सामान ईलेक्ट्रोनिक ज्याकहरु, केवल तार १ रोल,सेतो धुलो,स्वीबेल २ थान,साईकील सानो ३० पिस र फलामका गोटी १५० पिस गरि एक लाख ७५ हजार बराबरका सामान बरामद गरिएको कञ्चनपुर प्रहरीले बताएको छ।
पक्राउ परेका बेदकोट नगरपालिका–३ कञ्चनपुरका बिशाल क्षेत्रीलाई भन्सार कार्यालय गड्डा चौकी कञ्चनपुर पठाईएको प्रहरीले जनाएको छ।