April 27, 24
19.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

भिमदत्त नगरपालिकामा अनशनरत शिक्षक माथी प्रहरीको लाठीचार्ज १२ जना घाइते

मा प्रकाशित

नागरिक आवाज

कञ्चनपुर , भदौ ४
कञ्चनपुरको भिमदत्त नगरपालिकाले मापदण्ड बिपरित कार्यविधि मिचेर शिक्षक दरबन्दी मिलान गरेको विषयमा असहमति जनाउँदै नगरपालिका कार्यालयमा धर्ना बसेका शिक्षकहरु माथी प्रहरीको लाठीचार्जबाट १२ जना अनसनरत घाइते भएका छन ।

भिमदत्त नगरपालिकाले कार्यविधि मिच्दै प्रक्रिया बिपरित विभेदपूर्ण तवरले शिक्षक दरबन्दी मिलान गरेको भन्दै नेपाल शिक्षक सङ्घ कञ्चनपुरले धर्ना सुरु गरेको थियो ।
नेपाल शिक्षक संघको ३५ दिनदेखि आन्दोलन हुँदा नगरपालिकाले कुनै सुनुवाइ नगरेको र आफ्ना मागहरुलाई बेवास्ता गरेको नेपाल शिक्षक संघ कञ्चनपुरका सचिव नवीन सिंह धामिले बताए ।

शान्तिपुर्ण अनशनमा रहेका शिक्षकहरु माथी प्रहरीले हस्तक्षेप गरेको घटनाक्रमको भत्सर्ना गर्दै उक्त घटनाको जवाफ नगरपालिकाले दिनुपर्ने नेपाला शिक्षक संघ कञ्चनपुरका सचीव धामीले बताए ।

अनशनमा बसेकाहरु माथी प्रहरीले लाठीचार्ज गरेपछि १२ जना घाइते भएको शिक्षक संघका सचीव धामीले बताए ।

प्रहरीले गरेको लाठी चार्जमा शिक्षक विरेन्द्र बोहरा, नेपाल विद्यार्थी संघका पूर्वसहमहामन्त्री अच्युत कलौनी र कांग्रेस भीमदत्त नगरपालिका–१८ का सभापति राजेन्द्र केसी, नेबिसंघ कंचनपुरका नेता इन्द्र साउँद लगायत १२ जना रहेका छ्न ।
शिक्षक बोहराको महाकाली अस्पतालमा उपचार भइरहेको छ। अन्य दुई जना उपचारपछि घर फर्किएका छन्।
अन्य घाइतेको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको सङ्घले जनाएको छ । सङ्घका सचिव धामीले नगरपालिकाको शिक्षा शाखामा गत साउन ३ गतेदेखि तालाबन्दी रहेको बताए । यसअघि पनि नगरपालिकामा रहेका नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले शिक्षकको माग पूरा नगरेको जनाउँदै कार्यपालिका बैठकसमेत बहिष्कार गरेको थियो ।

शिक्षक संघले पेशागत माग अघि सारेर अनशन बसिरहेका शिक्षकहरु र शिक्षकहरुका मागमा ऐक्यवद्धता जनाउन गएका कांग्रेस कञ्चनपुर र भ्रातृ संस्थाका नेता कार्यकर्तामाथि शुक्रबार बिहान प्रहरीले बल प्रयोग गरेको थियो।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु