कञ्चनपुर । संयुक्त युवा क्लब सातौँ लालझाडी कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । लालझाडी युवा क्लब ११ पुनर्वासको आयोजनामा जारी मोहन गुरुङ स्मृति वडा अध्यक्ष सातौँ लालझाडी कपमा आज भएको दोस्रो सेमिफाइन खेलमा संयुक्त युवा क्लबले सिद्धार्थ युवा क्लबलाई ५-३ ले पराजित गर्दै फाइनको यात्रा तय गरेको हो ।
निर्धारित समयमा दुवैले बराबरी खेलेपछि ट्राईबेकर भएको थियो । ट्राईबेकर मार्फत संयुक्त युवा क्लबले ५ र सिद्धार्थ युवा क्लबले ३ गोलमात्रै गर्न सकेको हो । हिजो आइतबार भएको पहिलो सेमिफाइन खेलमा दशरथ युवा क्लबलाई २/० ले पराजित गर्दै भानु क्लबले फाइनको यात्रा तय गरिसकेको छ ।
अब फाइनल खेल चैत १ गते भानु क्लब र संयुक्त युवा क्लबबीच प्रतिस्पर्दा हुनेछ । सो प्रतियोगिताको मुख्य प्रायोजकमा पुनर्वास नगरपालिका वडा नम्बर १० रहेको छ भने सह प्रयोजकमा श्री चन्द्र सूर्य इँटा उद्योग पुनर्वास १० रहेको छ। यस्तै प्रतियोगिताको संरक्षकमा पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिका, कञ्चनपुर जिल्ला फुटबल सङ्घ रहेको छ । ड्रिम एजुकेशन कन्सल्टेन्सी सेन्टर धनगढीले म्यान अफ द म्याचको पुरस्कार प्रदान गर्ने भएको छ ।
यस्तै उत्कृष्ट खेलाडी प्रायोजकमा सुदूरपश्चिम फुटबल एकेडेमी पुर्नवास,उत्कृष्ट फरवार्ड प्रायोजकमा एमबीएल स्टिल एण्ड आल्मुनियम उद्योग धनगढी,उत्कृष्ट मिड फिल्डरको प्रायोजकमा एबीडी निमार्ण सेवा धनगढी रहेको छ ।
यस्तै रिदम फलसिलिङ डेकोरेसन हाउस धनगढीले उत्कृष्ट डिफेन्सको पुरस्कार दिनेछ भने डी एण्ड डी ट्रेड एण्ड कनर्स उत्कृष्ट गोल रक्षकको प्रायोजकमा जोडिएको छ । प्रतियोगिताको सर्वाधिक गोल कर्ता प्रायोजकमा श्री विजय मावि पुनर्वास १०,उदयीमान खेलाडी श्री फारवेष्ट ईन्टरनेशनल स्कुल पुनर्वास १० रहेको छ ।
बैङ्किङ पार्टनरमा माछापुच्छ्रे बैक पुनर्वास ३ कञ्चनपुर जोडिएको छ भने हस्पिटल पार्टनरमा निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर धनगढी र मिडिया पार्टनरमा नागरिक आवाज अनलाइन जोडिएको छ ।
१६ टीमको सहभागिता रहेको सो प्रतियोगिताको विजेताले दुई लाख ११ हजार एक सय ११ साथमा सानदार ट्रफी र दृतिय हुनेले नगद एक लाख ११ हजार एक सय ११ साथमा सानदार ट्रफी पाउने आयोजक लालझाडी युवा क्लब ११ ले जनाएको छ ।
यस्तै उत्कृष्ट खेलाडीलाईलाई दश हजार,उत्कृष्ट फरवार्ड ,उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलकर्ता, र उत्कृष्ट उदयमान खेलाडीलाई जनही पाँच र पाँच हजार प्रदान गरिने छ भने प्रत्येक म्याचको म्यान अफ द म्याचलाई एक हजार एक सय दिइने छ ।