बेलडाँडी,
नयाँ आर्थिक बर्षका लागि प्रदेश स्तरीय योजना छनौट प्रक्रिया चलिरहदा सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंहद्धारा बेलडाँडी गाउँपालिका कार्यालय र ईलाका प्रहरी कार्यालयको अनुगमन गरेका छन् ।
बेलडाँका समस्याका बारेमा बुझन प्रदेश सदस्य द्वय दिवान सिंह बिष्ट र मेघराज खडकाके टोली संग आएका कानुन मन्त्री सिंहले बेलडाँडीका प्रदेश स्तरबाट समाधान हुने योजनाहरु पुरा गर्ने बताएका छन् । आज बेलडाँडी गाउँपालिकाको सभाहलमा पालिका प्रमुख हरिशचन्द्र रानाले स्वागत गर्दै बेलडाँडीका जल्दाबल्दा समस्या समाधानका लागि आग्रह गरेका थिए ।
प्रदेश सभा सदस्य बिष्टको पहलमा बेलडाँडी पुगेका आन्तरिक मामिला तथा कानुन मन्त्री सिंहले बेलडाँडी विकासका लागि सक्दो पर्यास् गर्ने आसवासन दिएका थिए ।
यस्तै बेलडाँडी इलका प्रहरी कार्यालयको अनुगमन गर्दै मन्त्री सिंहले ग्रामिण क्षेत्रका प्रहरीले भोग्नु परेको चुनौती र समस्याका बारेमा बुझेका थिए । बेलडाँडी इलाका प्रहरी कार्यालका प्रमुख प्रहरी निरीक्षक पुस्कर पन्तले प्रहरीलाई गस्ती गर्न गाडीको समस्या भएको जनाए । यस्तै उनले भने डोकेवजार देखि हुलाकी सडक हुदै दैजी सम्म सिसी क्याम्रा जडान गरे शान्ती सुरक्षा र अपराधन नियन्त्रण गर्नमा ठुलो सहयोग हुने बताए । जवाफमा मन्त्री सिंहले त्यसको बिषमा छलफलका माध्यमबाट टुङ्ग्याउने आसवासन दिए । इलाका प्रहरी कार्यालयले सलामी दिदै स्वागत गरेका थिए ।