पुनर्वास ,
भारतीय दुधुवा निकुञ्ज संग सीमा जोडिएको पुनर्वासको दोदा नदी आसपासमा जंगली हात्तीले दिउसै आतंक मच्चाएको छ।
पुनर्वास नगरपालिका-१० विकास बस्ती दोदा पुल नजिकको हुलाकी राजमार्गमा मंगलबार दिउसो हात्ती देखा परेको हो।
हात्तीको आक्रमणमा केही पशुवस्तु घाइते भएका छन्। हात्ती उखुको खेत हुदै दुधवा नेसनल पार्कतर्फ लागेको कुण्डा सब डिभिजन वन कार्यालयका प्रमुख दिनेश यादवले जानकारी दिए।
उनका अनुसार वन कर्मचारीहरु उक्त जंगली हात्तीबाट मानवीय क्षति हुन नदिन सर्बसाधारणलाई सचेत गराइरहेका छन्। एउटा गोरु र भैसी घाइते भएको यादवले बताए।
