September 12, 24
25.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कृष्णपुरका दिनेश बिष्टले तयार गरेको इलेक्ट्रोनिक्स मोटरसाइकललाई नगरप्रमुख ओझाद्वारा लन्चिङ

मा प्रकाशित

कृष्णपुर ,
कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का दिनेश बिस्टले इलेक्ट्रिकल मोटरसाइकल निर्माण गरेका छन ।
कैलालीको गेटा स्थित सरस्वती माविमा कक्षा १० अध्ययनरत बिष्टले करिब १ लाख खर्च गरेर घरमै इलेक्ट्रिकल मोटरसाइकल निर्माण गरेका हुन् ।

उक्त मोटरसाइकलको शुक्रबार एक कार्यक्रमका बीच नगरपालिका प्रांगणमा नगरप्रमुख हेम राज ओझाले लन्चिङ गरे । मोटरसाइकलको लन्चिङ गर्दै मेयर ओझाले मोटरसाइकल निर्माण गरेर दिनेशले कृष्णपुरको गौरव बढाएकोमा प्रसंसा गरे ।

नगरप्रमुख ओझाले प्राविधिक जानकारीका लागि उच्च शिक्षाको पनि उक्तिकै आवश्यकता हुने भएकाले क्रेटिभिटि सँगसँगै अध्ययनमा पनि जोड दिनुपर्ने बताए । पछिल्लो समय बालबालिका अत्यन्तै जिज्ञासु र अनुसन्धानको क्षेत्रमा पनि रुचि राखिरहेकोले अभिभावकले पनि बालबालिकाको रुचिप्रती ध्यान दिनुपर्ने नगरप्रमुख बताउँछन् ।

नगरप्रमुख ओझाले कृष्णपुर नगरपालिका भित्र यस्तो सृजनात्मक काम गर्ने युवाहरूलाई नगरपालिकाले सक्दो सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गरे। मोटरसाइकल निर्माण गरेका दिनेशले मोटरसाइकको सामान अनलाइन मार्फत मगाएको र, च्यासिस भने घरमै निर्माण गरेको बताए । उनले मोटरसाइकलमा पुरानो मोटरसाइकलको ट्याङ्की र पुराना स्कुटरका टायर प्रयोग गरेका छन । उक्त मोटरसाइकल निर्माणका लागि २ हप्ताको समय लागेको उनले बताए ।

उनले मोटरसाइकलको नाम सुदूरपश्चिम ७ राखेका छन । ४८ भोल्टेजको ब्याट्री प्रयोग गरिएको उक्त मोटरसाइकल एक पटक चार्ज गरेका ७५ देखि ८० किलोमिटर गुड्ने छ ।मोटरसाइकल फुल चार्ज गर्न साढे ३ देखि ४ घण्टा लाग्ने दिनेशले बताए । उनले एकपटक चार्ज गर्न २ युनीट विद्युत खर्च हुने बताए । यसअघि उनले मोटरसाइकलको इन्जिन प्रयोग गरेर तिन पाङ्ग्रे बग्गी पनि निर्माण गरेको बताए । उनले दुवै उत्पादन गर्नको लागि २ लाख खर्च लागेको बताए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु