April 27, 24
28.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

यौन शोषणको आरोप खेपेका एमाले नेता रानालाई पाटीले गर्यो कारवाही

मा प्रकाशित

पुनर्वास ,
आफ्नै गाउँकि एक युवतीलाई जागिर दिलाई दिने प्रलोभन देखाएर पटकपटक यौनशोषण गरेको आरोपमा मुद्दा खेपिरहेका एमाले कञ्चनपुरका युवा नेता अमर रानालाई पाटीले कार्बाही गरेको छ ।

लालझाडी गाउँ पालिकामा एमालेका प्रभावशाली मानिएका अमर सिंह रानाले गाँउकै २२ बर्षिया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीमा मुद्दा दायर भएपछि एमाले पाटीले रानालाई कार्बाही गरेको हो ।

एमाले लालझाडी गाउँ पालिका कमिटीले प्रेस विज्ञप्ती जारी गर्दै मुद्दाको टुंगो नलागुन्जेल सम्म निलम्बन गरिएको जनाएको छ ।

एमाले लालझाडी गाउँ पालिका का अध्यक्ष ओम प्रकास रानाले हस्ताक्षर गरेको विज्ञप्तीमा मुद्दाको टुङगो नलाग्दा सम्म अमरलाई कार्बाही गरिएको जनाएको छ । मुद्दा दर्ता गर्न किन गएको भन्दै अमर रानाले आफुमाथि कुटपिट गरेको भन्दै अर्का युवक रोहित बडायक प्रहरीमा पुगेका छन । एमाले नेतृत्वको लालझाडीमा स्थानीय सरकार भएकाले एमाले नेता अमर रानाले युवतीलाई जागिर दिलाई दिन्छु भन्दै लालच देखाएर बलात्कार गरेको पीडित परिवारको दुखेसो छ ।

एमाले लालझाडीले केही अनलाईन मिडियाले अमर राना पाटी सुप प्रदेश सदस्य भन्दै अर्नगल प्रचारबाजी गरेको भन्दै आपत्ति जनाएको छ । एमालेले महिला हिन्सा बढ्यो , महिला माथि बलात्कार , जबर जस्तीकरणी बढ्यो , सरकारले बलात्कारीलाई कार्बाही नगरेको भन्दै बिरोधका लागि बिरोधमा उत्रिरहेका बेला यसरी एमाले नेता कार्यकर्ता नै बलात्कारको धन्दामा फसेपछि एमालेलेलाई संकट परेको छ ।

महिला अधिकारकर्मीले समेत एमाले नेता कार्यकर्ता नै बलात्कार काण्डमा मुछिएपछि महिला अधिकारको नारा घन्काउने अधिकारकर्मी चुपचाप बसेको भन्दै आलोचना भइ रहेको छ । आफ्ना पाटीका ब्यक्ति मुछिदा चुपचाप अरु पाटीका नेतामाथि आरोप लाग्दै गर्दा केही पाटी निकट महिला अधिकारकर्मीले मुद्दा बनाउँदै आएको प्रती स्थानीयहरुको दुखेसो रहेको छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु