April 27, 24
30.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

प्याराताल परिसरमा मयूरको प्रतिमा निर्माण गर्ने सम्झना पाण्डेको घोषणा

मा प्रकाशित

कञ्चनपुर । कञ्चनपुरको प्याराताल परिसरमा मयूरको प्रतिमा पनि निर्माण हुने भएको छ । पुनर्वास नगरपालिका ५ स्थायी घर भई हाल अमेरिका बस्दै आएकी समाजसेवी सम्झना पाण्डेले आफ्नो बहिनी पुर्णिमा बानियाको स्मृतिमा मयूरको प्रतिमा बनाउने घोषणा गरेकी हुन् ।

प्यारातालमा पर्यटन विकासका लागि बनाइन लागेको जैविक उद्यानमा आफ्नो लगानीमा मयूरको प्रतिमा निर्माण गर्ने स्व स्फूर्त रुपमा घोषणा गरेकी हुन् ।

प्याराताल पर्यटन प्रवर्द्धन तथा संरक्षण समितिका अध्यक्ष दीपेन्द्र बस्नेतले तालको पर्यटन प्रवर्द्धनका लागि सुरु गरिएको नागरिक अभियानलाई सफल र सार्थक बनाउन समाजसेवी सहयोगी सम्झना पाण्डेको यो साथ सहयोग प्रति हार्दिक आभार प्रकट गरे ।

अध्यक्ष बस्नेतले सामाजिक सञ्जाल मार्फत प्यारातालको जैविक महत्त्व उजागर गर्दै पर्यटन विकासका लागि नागरिक स्तर देखि सुरु अभियान अन्तर्गत सुन्दर मयूरको पंक्षीको स्तम्भ पर्यटकहरूको आकर्षणका लागि ताल परिसरमा बनाउँदा कस्तो होला भनेर आम नागरिकको प्रतिक्रिया लिएका थिए । सो स्ट्याटसलाई देखेर पाण्डेले सो घोषणा गरेकी हुन् । पछिल्लो समय नागरिक स्तरबाट सुरु गरिएको अभियानलाई सफल बनाउन देश विदेशबाट सहयोग जुटिरहेको छ ।

अहिले ताल परिसरमा सेल्फी पोईन्ट निर्माण भइसकेको छ भने कछुवाको स्तम्भ, ओदको स्तम्भ, वाटर फाउन्डेसनको निर्माण कार्य जारी रहेको प्याराताल पर्यटन प्रवर्द्धन तथा संरक्षण समितिका अध्यक्ष बस्नेतले जानकारी दिए ।

सुदूरपश्चिम मै जैविक विविधता र ऐतिहासिक महत्त्व बोकेको भए पनि ओझेलमा परेको प्यारातालको पर्यटन विकासका लागि केहिदिन देखि नागरिक स्तरबाट सुरु गरिएको अभियानलाई सफल र सार्थक बनाउन पुनर्वास नगरपालिका वडा नम्बर ९ को चालू आर्थिक वर्षको बजेटबाट प्याराताल परिसरमा निर्माणाधीन जैविक उद्यानको शोभा बढाउन वाटर फाउन्डेसनको संरचना निर्माणका लागि रु दुई लाख बजेट विनियोजन गरेको जनाएको छ । यद्यपि अरू कुनै पनि सरकारी तहबाट प्यारातालको लागि कुनै पनि सहयोग नजुटेको जनाएको छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु