पुनर्वास ,
महाकाली र पञ्चेश्वर परियोजनाको काम एक महिना भित्र शुरु गर्ने सहमती भएको नेपाल सरकारका परराष्ट्रमन्त्री एनपी साउदले बताएका छन् ।
मंगलवार कृष्णपुर नगर स्तरिय १४ औं राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिताको उद्वघाटन समारोहमा मन्त्री साउदले केहिदिन अघि भारतका विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणमा महाकाली र पञ्चेश्वर परियोजनाको काम एक महिना भित्र शुरु गर्ने छलफल भएको बताए ।
” पञ्चेश्वर परियोजनाका बारेमा भारतका प्रधानमन्त्री र नेपालका प्रधानमन्त्री बिछ दिल्लीमा भएको थियो, हाम्रो टेक्निकल कमिटी समेत लागिरहेको छ ।” उनले भने “केहि दिन अघि भारतका विदेश मन्त्रीको नेपाल भ्रमणमा समेत महाकाली र पञ्चेश्वर परियोजनाको काम एक महिनामा शुरु गर्छौ भनेर सहमती गरेर माइनेट समेत गरिसकेका छौं ।”
यस्तै उनले प्यालेस्टिनी विद्रोही समूह हमासको कब्जामा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि सरकार लागिरहेको र सरकारका तर्फबाट गर्न सकिने सम्भव सम्पूर्ण प्रयास गरिएको भन्दै दोस्रो युद्ध विराममा रिहा हुनेमा आफुले विश्वास लिएको बताए । ‘विपिनको रिहाइका लागि सरकारको तर्फबाट गर्न सकिने सम्भवत सम्पूर्ण प्रयास मैले गरेको छु ।
मैले शक्ति राष्ट्रहरु संग, इजरायल, प्यालेस्टिनीसंग राम्रो समन्वयमा रहेको कतारसङ्ग कुरा छलफल गरेको छु ।’ उनले भने ‘कतार भ्रमणको बेला विपिन नेपालको बच्चा हो,उसको रिहाइका लागि कुरा गरेको थिए र जवाफमा कतारले दोस्रो युद्ध विरामका लागि हामी प्रयास गरिरहेका छौँ र दोस्रो युद्ध विराम हुने वित्तिकै उच्च प्राथमिकताका साथ विपिनको रिहाका लागि पहल गछौँ भनेर भनेका छन् ।’
उनले अगाडी भने ‘पहिलो युद्ध विरामका समयमा महिला र वृद्धवृद्धाहरुले प्राथमिकता पाएका थिए । दोस्रो युद्ध विराममा हाम्रो बच्चा आफ्नो घर,नेपालमा आउने छ हामी ल्याउन सफल हुनेछौँ भन्ने मैले विश्वास लिएको छु ।’