कञ्चनपुर । बेलौरी छोटी भन्सारलाई गड्डाचौकी भन्सार मार्फत सञ्चालन गर्न माग गरिएको छ ।
लामो समयपछि यहि पुस २ गतेबाट सञ्चालनमा आएको बेलौरी छोटी भन्सारलाई गड्डाचौकी भन्सार मार्फत स्थायी रुपमा सञ्चालन गर्न माग गर्दै अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई सुदूरपश्चिम प्रदेश सभा सदस्य दीवान सिहँ विष्ट सहितको टोलीले पत्राचार गरेको हो ।
२०७४ साल देखि अवरुद्ध सो नाका पटक पटकको दवाव र स्थानीयको गुनासो पछि पुस २ गतेदेखि केहि कर्मचारी खटाई कैलाली भन्सार मातहतमा रहने गरी सञ्चालनमा आए पनि फेरि पनि विगत झै विस्थापित हुने खतरा देखिएकाले सो छोटी भन्सारलाई कञ्चनपुरको गड्डाचौकी भन्सार मार्फत सञ्चालन गर्न माग गरिएको हो ।