September 12, 24
25.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कोभिड १९ विरुद्ध अग्र मोर्चामा रहँदै आएका कंचनपुरका पत्रकार , सुरक्षाकर्मी र स्वास्थ्यकर्मी लाई मनकारी “अमर” स्वास्थ्य सामाग्री बाँडदै

मा प्रकाशित

कञ्चनपुर,

बिपतका बेला मानविय सेवामा अग्रसर रहँदै आएका जुम्ला पाताराशीका युवा प्रतीक बिष्ट “अमर”ले माहामारीका समयमा अग्र मोर्चामा रहने सुरक्षाकर्मी स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरुका लागि स्वास्थ्य सामाग्री उपलब्ध गराउने अभियान कंचनपुरमा सुरु गरेका छन् ।

उनले कञ्चनपुरको पुनर्वास स्थित ईलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको बिओपी त्रिभुवनबस्तीलाई पल्स अक्सीमिटर, सर्जिकल ग्लोभ्स, सर्जिकल मास्क, डिजिटल थर्मोमिटर, के ९५ मास्क, पि पि सेट, सेनिटाईजर, भिटामीन सी, सिटामोल एन्टीकोल्ड ट्याब्लेट साहायता स्वरुप उपलब्ध गराएका हुन ।

हाल आफू अमेरिका रहे पनि महामारी संग लडदै गरेका स्वास्थ्यकर्मी , सुरक्षाकर्मी र सञ्चारकर्मीहरुका लागि उक्त स्वास्थ्य सामाग्री सहयोग गरेका हुन ।

गत वर्षको लकडाउनका बेला नेपालका बिपन्न समुदायलाई खाद्यान्न साहायताको अभियान थालेका “अमर” ले कंचनपुरको दक्षिणी क्षेत्रका ४ वटा स्थानीय तहलाई समेत स्वास्थ्य सामाग्री बितरण गरेका थिए ।
यस वर्ष पुनर्वास स्थित बिजय गालिल एजि मंडलको समन्वय र नेपाल पत्रकार महासंघ कञ्चनपुरका जिल्ला सदस्य किशोर कुमार तामाङको सकृयतामा अमरले उक्त साहायता सामाग्री उपलब्ध गराएका हुन ।

आपत र बिपतमा पर्दै आएका अशायहरुको उद्धार र साहायता गर्दै आएका जुम्ली ठिटो अमर आफू बिशेष कामवश अमेरिका रहे पनि नेपाल र जन्म भुमीमै आफ्नो मन रहिरहेको बताउछन् ।

बिपतका बेला जोखिममा परेका समुदाय वा ब्यक्तिलाई साहायता गर्न पाउनु नै मानवीय सेवा भएकाले आफू जहाँ सुकै भए पनि सक्दो साहायता गर्न पछि नहट्ने मनकारी जुम्ली ठिटो प्रतीक “अमर” ले बताए ।

बिपतका बेला सामान्य साहायता समेत नपाइ आफू असुरक्षित रहेर पनि कोभिड १९ को कहरसंग लड्न बाध्य रहँदै आएका दक्षिणी क्षेत्रका स्वास्थ्यकर्मी , सुरक्षाकर्मी र सञ्चारकर्मीहरुका निम्ति प्रतीक बिष्ट “अमर” द्वारा उपलब्ध गराइएको स्वास्थ्य सामाग्री बितरणको अभियान सुरु गरिएको नेपाल पत्रकार महासंघ कञ्चनपुरका सदस्य किशोरकुमार तामाङले बताए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु