April 27, 24
19.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

रेड पान्डाको छाला सहित बझाङका एक ब्यक्ती पक्राउ

मा प्रकाशित

दीपेन्द्र बस्नेत
धनगढी,

दुर्लभ वन्यजन्तुको चोरी सिकारी र तस्करीको गिरोहमा संलग्न एक ब्यक्तिलाई रेड पान्डाको छाला सहित कैलालीको गोदावरी स्थित एक सामुदायिक वनबाट आज प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बझाङको बित्थड चिर गाउँपालिका ५ देउलेखका २३ वर्षिय अमर धामी रहेका छन् । उनी बाट प्रहरीको टोलीले एकथान रेड पान्डाको छाला बरामद गरेको हो ।

उनलाई आज बिहान सवा १० बजे कैलालीको गोदावरी नगरपालिका ५ स्थित गेटा सामुदायिक वन बाट रेड पान्डाको छाला सहित नियन्त्रणमा लिइएको संघिय प्रहरी इकाई कार्यालय धनगढी हाल महेन्द्रनगरका डिएसपी लक्ष्मण शाहीले बताए ।

कैलालीको अत्तरीया र आसपासको क्षेत्रबाट दुर्लभ हिमाली वन्यजन्तुको चोरी सिकारी र छाला लगायतका अन्य अंगहरुको तस्करी गर्ने गिरोह सक्रिय बनेको गोप्य सुचनाका आधारमा परिचालित संघिय प्रहरी ईकाइ कार्यालय धनगढी हाल महेन्द्रनगरको प्रहरी टोलीले उनलाई छाला सहित नियन्त्रणमा लिइएको डिएसपी शाहीले बताए ।

रेड पान्डाको छाला सहित नियन्त्रणमा लिइएका धामीको थप अनुसन्धान सुरु गरिएको डिएसपी शाहीले बताए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु