April 25, 24
30.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कंचनपुर काँग्रेसका पुराना नेता भट्टको निधन

मा प्रकाशित

जयबहादुर ऐर
झलारी , पुस १६
कंचनपुरका पुराना नेता कमलापती भट्टको निधन भएको छ ।

शुक्लाफाँटा नगरपालिका वडा नं १० झलारि वस्दै आउनु भएका पुराना कांग्रेस नेता कमलापति भट्टकाे ६९ बर्षको उमेरमा शुक्रबार विहान १० वजेकाे समयमा आफनै पसल माेडर्न ईन्टरप्राजेज अगाडि हृदयाघातका कारण निधन भएकाे हो ।

डडेल्धुरा जिल्ला अजयमेरू गाउँ पालिका वडानं१पालि पिपलगडा विसं२००९मा नेता भट्टको जन्म भएको हो । २०२१ साल देखि नेपाली कांग्रेसमा आबद्ध भएर प्रजातन्त्र पुनःस्थापनाका लागि पार्टीले चलाउदै आएको आन्दोलनमा सहभागी रहदै आएका भट्ट ईमानदार कर्तव्यनिष्ठ ,नैतिकवान नेता एवं कुशल समाजसेविका रूपमा आफनाे पहिचान वनाएका थिए ।

लोकतान्त्रिक राजनीति संग संगै विभिन्न संध संस्थामा आवद्व हुँदै सामाजिक सेवामा सक्रिय भट्ट नेपाली कांग्रेस साविक पिपलाडि गाउँ पंचायत नागरिक सुरक्षा समितिका सचिवकाे जिम्मेवारी वहन गरि सकेका थिए ।

हाल नेपाली कांग्रेस जेष्ठ राजनितीज्ञ सभाका केन्द्रिय सदस्य थिए।युवा अवस्थामा शिक्षण पेसामा समेत आवद्व भट्ट मास्टर दाईका नामले पनि आफनाे बेग्लै पहिचान वनाएका थिए ।

गाउँ ठाउँमा दुख शुख मा सवैलाई सघाउने सहयाेगि भावनाका भट्ट झलारि वजारका संस्थापक व्यवसायि हुन्।झलारि वजारकाे स्थापना देखिनै माडर्न ईन्टरप्राईजेज नामले व्यवसाय संचालन गरेका भट्ट पुराना अनुभवि व्यवसायी हुन हाल उनका कान्छा छाेरा दीपेन्द्र भट्टले स्व भट्टले चलाउदै आएका व्यवसाय चलाउदै आएका छन् भने जेठा छाेरा कंचनपुर जिल्लामै उत्कृष्ट सहकारि सृजनशिल सहकारि झलारिका प्रमुख कार्यकारीको पदमा कार्यरत छन्।

शुक्लाफाँटा नगरपालिका वडानं १० मा चाैविसाै घण्टा शुद्व र सफा पानी दियर सुदुरपश्चिममै झलारि खानेपानिलाई नमुना खानेपानीका रूपमा विकास गर्न सफल आदर्श व्यक्ति भट्टकाे निधनले यश क्षेत्रमा अपुरणिय क्षति भएकाे झलारि पुर्व वजार व्यवस्थापन समितिका अध्यक्ष घनश्याम भट्टले वताए।एक ईमान्दार साहसिक व्यक्ति गुमाउदा अत्यन्त पिडावाेध भईरहेकाे उनले वताए।राजनिति संगै विभिन्न संघ संस्थामा रहदैसवैलाई सहयाेगि र मित्रवत व्यवहार द्वारा समाजलाई एकतामा जाेड्ने स्व भट्ट एक अभियन्ताका रूपमा समाजलाई याेगदान दिदै आउनु भएकाे थियाे ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु