April 18, 24
20.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

जनप्रतिनिधि समक्ष नागरिक प्रतिवेदन तथा सेवाग्राहीहरुको अभिमत सहितको सुझाव पेश

मा प्रकाशित

हरिलाल जोशी
पुनर्वास , पाैष १७ । साझेदारी संघियता सहयोग कार्यक्रमको प्राविघिक सहयोग र पुनर्वासमा सक्रिय विभिन्न संघ संस्था तथा स्थानिय टोलविकास संस्थाहरुको पहलमा नागरिक प्रतिवेदन पत्र सर्वेक्षण गरि जनप्रतिनिधि समक्ष पेश गरेको छ ।

शुक्रबार कञ्चनपुरको पुनर्वास नगरपालिका-७ का वडा जनप्रतिनिधिहरु समक्ष कार्यालयबाट प्रवाह गरिने सेवाको “सन्तुष्टि”, “नियमितता”, “जनविश्वास”, “गुणस्तर”, “जानकारी” र सेवासम्बन्धी “गुनासो व्यवस्थापन” का बारेमा तयार पारिएको नागरिक प्रतिवेदन पत्र पेश गरेको हो ।

कार्यक्रममा सेवाग्राहीबाट नागरिक प्रतिवेदन पत्रमा लिखित अभिमत संकलनका साथ प्रतिबेदन तयार पारि वडाका जनप्रतिनिधि तथा सेवा प्रवाह गर्ने कर्मचारीहरुको सामु समुदायबाट आएको राम्रा पक्ष तथा सुधार गर्नु पर्ने पक्षलाई प्रस्तुतीकरण गरिएको थियो ।

यस प्रस्तुतिकरणलाई पुनर्वास-७ का वडाध्यक्ष राम दुलारे रानाले राम्रा पक्षलाई निरन्तरता र सुधार गर्नुपर्ने पक्षलाई सुधारको लागी कार्यन्वयन गर्नुको साथै पुनः ६ महिना पछि यसै वडामा नागरिक प्रतिबेदन प्रत्र सञ्चालन गर्ने प्रबिद्धता गरेका थिए ।त्यस्तै पुनर्वास नगरपालिका- ८,मा पनि सोही संघसंस्थाहरुको संयुक्त पहलमा बहिर्गमन अभिमत सर्वेक्षण गरेको छ। यस बहिर्गमन अभिमत प्रतिवेदनमा पुनर्वास- ८ को कार्यालयबाट प्रवाह गरिने सेवाको अनुगमन र सुझाव संकलन गरि ५० जना स्थानिय नागरिकहरुको अभिमतलाई समावेश गरेको हो।

स्थानिय सरकारलाई थप सेवामुखी र जनमुखी बनाउन सरकारका प्रतिनिधि र कर्मचारीले मात्रै नसकिने भएकाले नागरिकहरुको सुझाव सल्लाहलाई ध्यानमा राखी गुणस्तर सेवा प्रवाह गर्नुपर्ने विषयलाई समेत प्रतिवेदनमा समेटिएको थियो ।

कार्यक्रममा पुनर्वास-८ का वडाध्यक्ष राना श्रवणले प्रतिवेदनमा उल्लेख भएका बुदाहरुलाई कार्यन्वयनका लागी पहल गर्ने प्रतिबद्धता जाहेर गर्दै यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्ने बताएका थिए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु