कञ्चनपुर : कञ्चनपुर कञ्चनपुर प्रहरीले लागुऔषधसहित धनगढीका दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–७ का ३३ वर्षीय सनम भण्डारी र २८ वर्षीय रितु भण्डारी रहेका छन् ।
इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीबाट खटेको प्रहरी टोलीले उनीहरुलाई पुनर्वास नगरपालिका–१० दोदा पुलबाट पक्राउ गरेको हो । सनम भण्डारीले भलाएको से ३ प ४४९६ नम्बरको हन्क मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा कालो प्लाष्टिकमा लुकाइ छिपाइ राखेको अवस्थाबाट फेला पारेर उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।
उनीहरुको साथबाट १५ ट्याब्लेट नाइट्राभेट र स्पास लेखेको ४४ थान क्याप्सुल बरामद गरिएको छ । पक्राउ परेकाहरुमाथि थप छानविन भइरहेको प्रहरीले जनाएको छ । सनम भण्डारी राष्ट्रिय अनुसन्धानको इन्सपेक्टरको आवरणमा लागू औषध ओसार्दै आएको खुल्न आएको छ ।