September 11, 24
28.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

जापानमा अध्यनरत तामाङ्ग युवाहरुले दिए पुनर्वासका बाढी प्रभावितलाई ब्लाङ्केट

मा प्रकाशित

किशोर तामाङ
पुनर्वास , २३ । जापानमा अध्यनरत कञ्चनपुर पुनर्वासका युवाहरु मिलेर बाढी प्रभावितलाई जाडाे बाट बच्न न्यानाे कम्बल(ब्लाङ्केट) बितरण गरेका छन । बिहिवार एक कार्यक्रम गरी पुनर्वास ५ सिम्रीका ४० परिवारलाई ब्लाङ्केट बाँडेका हुन ।
अध्यनका लागि जापान पुगेका तामाङ समुदायका युवाहरु जेम्स बिरु,सरिता तामाङ, समीर लुक्स परिवार, सानुमाया परिवार,शोभा तामाङ, एलिया तामाङ, योहन्ना तामाङ, सारा तामाङ, सुन्तली तामाङ, ईन्दिरा तामाङ, गिता तामाङ, फिलिप तामाङ, आशिष तामाङ र तिलुमाया लगायतले सँयुक्त रुपमा बाढी ग्रस्त थारु बस्तीमा अत्यधिक बढ्दो चिसोबाट बच्नका लागि न्यानो कम्बल वितरण गरेको जनाएका छन ।
कंचनपुरको पुनर्वासमा तामाङ समुदायका नयाँ पुस्ताका युवाहरू अहिले सामाजिक कार्यमा अग्रसर बन्न थालेका छन। उच्च शिक्षाका लागि जापान पुगेका युवाहरूले आफ्नो गाउँ ठाउँमा समस्यामा पारेका हरू माझ केही गर्नुपर्छ भन्ने उद्देश्यले ब्लाङ्केट बितरण गरेकाे उनीहरु बताउछन ।

भदौ र कार्तिक महिनामा आएको बाढिले प्रभावित भएका सिमरी गाउँका बासिन्दाहरू लाई यो कठ्याङ्ग्रिदाे जाडोमा केही राहत होस भनी समस्यामा परेका जेष्ठ नागरिक, एकल महिला र अशक्त ४० घर परिवारलाई कम्बल वितरण गरिएकाे हो ।
कम्बल वितरण गर्दै उनीहरुका अभिभावकहरुले पढ्न गएका छोराछोरीहरुको आफ्नो समस्या हुँदा हुँदै पनि आफ्नो खाजा र खानाको रकम बचत गरी आफ्नो देशका नागरिकहरू प्रती देखाएको सहयोगको भावना र सामाजिक उत्तरदयित्व वहन गरेको देख्दा आफुहरुलाई असाध्यै खुशी लागेको बताए ।
रानाथारु उत्थान समन्वय मञ्च पुनर्वासका अध्यक्ष धोखे रानाले भने राज्यमा तीन तहको सरकार छ। चुनाव ताका गरिवको घरदैलो गई ठुलठुला अश्वसान दिइ भोट मागेर तिनै तहको सरकारमा पुनर्वासको उपस्थिति छ। तर बिडम्बना भोट पाइ जितेर सत्तामा पुगेपछि आफ्नो र आफ्नाको भरणपोषणमा लिप्त छन्। गरिव र दिन दु:खी सग गरेका वाचा र बाढेका अश्वसन बिर्सेका छन। वास्तवमा दीन दुखी प्रति राज्य उदासीन छ। राज्यको उत्तरदयित्व स्थानीय युवाहरू परदेशमा रहेर पुरा गरी रहेको छ। स्थानीय सरकार, प्रदेश र सघिय सरकाको लागि यो गतिलो झापड हो।

त्यसैबीच विपद व्यवस्थापन समिती सिमरीका संयोजक तिर्थ रानाले बाढिले तहसनहस गरेको सिमरी गाउँमा अत्यधिक जाडोका कारण समस्यामा परिरहेका जेष्ठ नागरिक, एकल, असक्त असहायको लागि न्यानो कपडा कम्बल पाउँदा पुरै गाउँ खुसी भएको बताए।

सिमरी गाउका भलमन्सा राधेश्याम रानाले तीनै तहको सरकार मौनता साधिरहेको बेला स्थानीय छिमेकी गाउँका युवाहरू जो अध्ययनका लागि बिदेशमा गएका छन्। तिनीहरूले आफ्नो खाजा र खाना खर्च बचाएर सिमरी गाउँका राना समुदायमा देखाएको मायाको उच्च कदर गर्दै सहयोगी सम्पुर्णमा धन्यवाद व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा सिमरी क्षेत्रका बुद्धिजीवी,, समाजसेवि, भद्रभलादमी, जापनिज तामाङ युवा सञ्जालका अभिभावकहरू र पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु