September 15, 24
24.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

बेलाैरीमा माघीकाे ३ गते सम्म सार्बजनिक बिदा

मा प्रकाशित

कञ्चनपुर, पाैष ३० । थारू समुदायकाे महान पर्व माघी(माघ) काे अवसरमा कञ्चनपुरकाे बेलाैरी नगरपालिकाले माघ ३ गते सम्म सार्बजनिक बिदा दिने निर्णय गरेकाे छ ।
थारू समुदाय सँगै अन्य समुदायले पनि माघ पर्व बिषेश महत्वका साथ मनाउने भएकाले तीन दिन सम्म स्थानिय बिदा दिने निर्णय भएकाे बेलाैरी नगरपालिकाका नगरप्रमुख पाेतिलाल चाैधरीले बताउनु
भयाे । थारू समुदायमा पाैष मसान्त अर्थात अाजकै दिन देखि माघी शुरू भएकाे छ । थारू बस्तीहरूमा अाज सामुहिक रुपमा बँगुर काटेर (जिता मर्ना) माघकाे शुरूवात भएकाे छ । थारु समुदायले याे पर्बलाई नयाँ बर्षकाे रुपमा समेत मनाउने गर्छन ।                  काेराेनाकाे नयाँ भेरियन्ट सँगै काेराेनाकाे सँक्रमण बढेकाले सुरक्षाकाे साबधानी अपनाएर चाडपर्ब मनाउन नगरपालिकाले सर्बसाधारणलाई अनुराेध गरेकाे छ ।
पश्चिम नेपालका तराईका जिल्लाहरूमा माघीकाे राैनक छाएकाे छ ।चितवन, दाङ्ग,बाँके,बर्दिया, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा माघी पर्व धुमधामका साथ मनाईन्छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु