April 25, 24
30.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

नेपाली समाजमा एमसीसी बारे फैलिएको हल्ला : भ्रम या वास्विकता

मा प्रकाशित

नेपाल र नेपालीले वैदेशिक सहायता थापेको धेरै भयो । दातृ राष्ट्र र निकायबाट प्राप्त सहायताबाट नेपालमा थुप्रै आयोजना चाहे ति बिकास निर्माणका हुन या मानवीय हुन प्राप्त हुँदै आएका छन् । तर यसपालि अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसी का सन्दर्भमा नेपालमा जति बहस चुलिएको छ यति यस अघि चुलिएन ।

एमसीसीको यथार्थका बारे नेपाली समाजमा स्पष्टता नहुनु पनि मुख्य सवाल हुनु पर्दछ । एमसीसी बारे बुझ्न सहज प्रविधि र बौद्धिकताको अभाव पनि कारण हुन सक्ला । एमसीसीका सम्बन्धमा खास गरि सामाजिक सञ्जालमा एकथरी बौद्धिकताले स्थान पाई रहेको छ । मानौ एमसीसी नेपाली जनताको निम्ति बिकास र समृद्धि नभई शत्रु हो । एमसीसीका नाममा एकथरीले आफ्नो बौद्धिकता सराप्न खर्चिरहेका छन् । सामाजिक सञ्जाल तताइ रहेका छन् ।

नेपाली जनताको मन मुटुमा बिषारोपण गरिदैछ लाग्छ सरकार र सरकारमा प्रतिनिधित्व गर्ने सबै राष्ट्र घातीनै हुन । लाग्छ सरकारले होइन सामाजिक सञ्जालले देशको सिस्टमलाई निर्देशित त गरिरहेको छैन ? एमसीसी परियोजना नेपाल र नेपालीको हीत वा अहीत के हो र यसबारे जनतालाई विश्वस्त पार्न न सरकार न राजनैतिक दल न सरोकारवालाको नै कुनै भुमिका देखिन्छ ।

बिकासोन्मुख मुलुकमा दातृ राष्ट्रहरुद्वारा बेला बखतमा दिइने सहायता वा अनुदान बिकासका निम्ति महत्वपुर्ण हुन्छ नै । कुनै बेला दिइएको सहायता प्रति कसैको टीका टिप्पणी नहुने तर कुनै कुनै सहायता रकम प्रति यति धेरै रोष वा टिप्पणी किन त आखिर ?

अमेरिकी साहायता परियोजना एमसिसी प्रति देखिएको बिध्न रोषले संकेत के गर्दैछ ? के हो एमसीसीको यथार्थता यो बारे आम जनताको अनबिज्ञतानै समस्या हुन सक्ला । जस कारण जनतामा एमसीसी बारे नकारात्मकता भरिन पुगेको छ ।

अहिलेको पछिल्लो समय यता कुनै नेता , बिज्ञले एमसीसी ठिक हो भन्ने खबर सामाजिक सञ्जालमा भेट्ना साथ कमेन्ट बक्स “नो एमसीसी” शब्दले भरिन पुग्छ । यो कमेन्ट गर्नेले एमसीसीका सन्दर्भमा कति अध्ययन गरेको छ थाहा छैन तर यसबाट भ्रम फैलाउदै धमिलो पानीमा माछा मार्न खोज्नेको नियत सफल त बन्दै छैन ।

एकथरीले एमसीसी राष्ट्र घात हो , नेपाललाई उपनिवेश बनाउन फालिएको चक्रव्युका रुपमा जिकिर गर्दै आएका छन् । एमसीसी कार्यान्वयन हुना साथ नेपालमा अमेरिकी सेनाको हस्तक्षेप रहने उनिहरुले हल्ला फैलाउदै आएका छन् । तर केहिले भने एमसीसी वैदेशिक साहायता मात्रै हो यसबाट वैदेशिक हस्तक्षेप हुँदैन भन्ने जिकिर गरिरहे पनि आम नेपाली जनतामा यतिबेला एमसीसीका बारेमा भ्रम र त्रास फैलिएको छ ।

भ्रम र त्रासका बीच एमसीसी कार्यान्वयन गरिए सत्तारुढ दल प्रति जन असन्तुष्टि देखिने निश्चित छ ।
सदनमा पेश हुनु अघि एमसीसी के हो ? यसबारे देखिएको भ्रम र त्रासलाई चिर्न आबश्यक छ ।

आफ्ना जनतालाई अनविज्ञ राखेर कुनै पनि राष्ट्रिय महत्वका आयोजना कार्यान्वयनमा लाग्न हुँदैन ।
तसर्थ सदनबाट अनुमोदन हुनु अघि एमसीसी बारे जनतामा फैलिएको भ्रम चिर्न सरकार , सत्तारुढ दल र सरोकारवालाहरु संवेदनशील देखिन जरुरी छ !

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु