April 26, 24
30.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

घोडाघोडीमा सिमसार दिवस मनाइदै

मा प्रकाशित

जमुना न्युरे
सुखड
कैलालीको मध्यवर्ती क्षेत्रमा रहेको घोडाघोडी तालमा ५० औ बिश्व सिमसार दिवस अन्तर्गत कार्यक्रम गरिने भएको छ ।
दलदल ,पानी ,पोखरी र खोला सरक्षण गरे सर्बहित होला ” भन्ने मुल नारा कासाथ कार्यक्रम गरिने जनाइएको छ ।

कैलाली जिल्लाको मध्यवर्ती क्षेत्रमा रहेको घोडाघोडी ताल महत्वपूर्ण सिमसार क्षेत्र भएकाले विद्यार्थी, स्थानीय समुदाय र सरकारी निकायका अधिकारीको सहभागितामा सरसफाई, सिमसार संरक्षणका लागि जनचेतनालगायत कार्यक्रम गर्न लागेको डिभिजन बन कार्यलय पहलमानपुर का प्रमुख गोकुल रिजालले बताए ।

सिमसार भन्नाले पानीको मुहान लगायत दलदल एवं पानी जमेको क्षेत्रलाई जनाउँछ ।
५० औ बिश्व सिमसार को “दलदल ,पानी ,पोखरी र खोला सरक्षण गरे सर्बहित होला ” भन्ने मुल नारा का साथ सिमसार जैविक विविधताको दृष्टिले महत्वपूर्ण प्राकृतिकस्थल हो । सिमसारले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई बासस्थान प्रदान गर्ने भएकाले नै सरकारले पनि सिमसार क्षेत्रको संरक्षण कार्यलाई प्राथमिकतामा राखेको छ । रिजाल का अनुसार नेपालको करिब पाँच प्रतिशत भूभाग सिमसार क्षेत्रले ओगटेको छ ।

विश्व संरक्षण सङ्घ नेपालको अभिलेखअनुसार नेपालमा १६३ सिमसार तराईमा छन् भने ७९ सिमसार हिमाली तथा पहाडी क्षेत्रमा छन् । सिमसार लाखौँ घुमन्ते चरा, माछा, उभयचर र बोटबिरुवाका लागि महत्वपूर्ण बासस्थान पनि हो ।

सिमसारले धेरै जनसमुदायका लागि जीवनयापनको आधार पनि प्रदान गरेको छ । घोडाघोडी ताल सिमसार क्षेत्रमा नेपालमा पाइने ३०० रैथाने ,आगन्तुक लोपोन्मुख प्रजातिका चराहरु , ४५० वनस्पति ३२प्रजातिका पुतली ,२९प्रजातिका माछा , सरिसृप जनावर , उभयचर प्राणी सिमसारमा आश्रित छन् ।

विश्वव्यापीरूपमा सिमसार क्षेत्रको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले सिमसार महासन्धि (रामसार महासन्धि १९७१) २ फेबु्रअरी १९७१ मा इरानको रामसार शहरमा भएको थियो ।

रामसार महासन्धिमा हस्ताक्षर गरिएको दिन २ फेब्रुअरीलाई स्मरण गर्दै विश्व सिमसार दिवस मनाउन शुरु गरिएको हो । रामसार महासन्धिले अन्तर्राष्ट्रिय महत्व बोकेका तथा अति संवेदनशील सङ्कटापन्न र खतरापूर्ण जैविक प्रजाति वा पारिस्थितिकीय समुदायलाई आश्रय प्रदान गर्ने सिमसारलाई रामसारको सूचीमा सूचीकृत गर्ने गर्दछ ।

सन् २००३ अगस्ट मा नेपालले घोडाघोडी ताललाई रामसार क्षेत्रमा सूचीकृत गरेर १७ अप्रिल १९८८ देखि रामसार महासन्धिको नेपाल पक्ष राष्ट्र बनेको छ । रामसार सूचीमा नेपालका कोशीटप्पु वन्यजन्तु आरक्ष, घोडाघोडी ताल, जगदीशपुर जलाशय, बीसहजारी ताल समूह, राराताल, फोक्सुण्डो ताल, गोसाइँकुण्ड ताल, गोक्यो ताल समूह, माईपोखरी र पोखराका ताल गरी जम्मा १० सिमसार सूचीकृत छन् ।

यी सिमसार क्षेत्रले ओगटेको कूल क्षेत्रफल ६० हजार ५६१ हेक्टर रहेको विभागको तथ्याङ्क छ । सिमसारको अत्याधिक उपयोग, भूमि अतिक्रमण, मिचाहा प्रजाति आदिले सिमसारको संरक्षण र व्यवस्थापनमा चुनौती दियको छ

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु