April 24, 24
28.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

बेलौरीमा सरकारी अनुदान बितरणमै पक्षपात , केन्द्रिय सदस्य देखि मेयर पत्नीनै अनुदानमा छनौट

मा प्रकाशित

बेलाैरी  , कंचनपुर
केन्द्र सरकार र प्रदेश सरकारले किसानका नाममा बेला बेला दिइने अनुदान रकम वास्तविक किसानको हातमा नभई टाठाबाठा ब्यक्तिका नाम छनौट भएको यतिबेला कंचनपुरको बेलौरीमा चर्चामा आएको छ ।

बेलौरी नगरपालिका वडा नम्बर ५ रामनगरमा प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपंक्षी बिकास कार्यक्रम अन्तरगत २५ जना व्यावसायिक बाख्रा पालन किसानलाई दिइनु पर्ने अनुदान राजनीतिक पहुँचका आधारमा आफन्त र नातागोतालाई दिइए पछि वडाबासीले बिरोध गरेका छन् ।

एउटा मात्रै बाख्रा पालेका ब्यक्तीले अनुदानमा छनौट भए पछि स्थानीय किसानहरुको आक्रोश देखिएको हो । आवेदन दिएका वास्तविक किसानलाई छनौटमा नपारी पावरवाला आफ्नै पार्टी कार्यकर्ता र आफन्तलाई अनुदानमा छनौट गरिएको काम गलत भएको र तत्काल रद्द गरिनुपर्ने स्थानीय धनी चन्दले बताइन् ।

किसानका नाममा आएको अनुदान जनप्रतिनिधिले आफान्तलाई दिइनु बेइमानी भएको स्थानीय बिरसिंह साउदले बताए । अनुदानका लागि स्वच्छ रुपमा छनौट नगरी दलगत र आफन्त हेर्नू वडा कार्यालयका जनप्रतिनिधि हरुको गलत काम भएको स्थानीय राजेन्द्र चन्दले बताए ।

को-कसको नाम छनौट गरियो त
नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य दीपा चौधरी , बेलौरी नगरपालिका का मेयर पोतिलाल चौधरी कि पत्नी सुस्मिता चौधरी , कार्यवाहक वडा अध्यक्ष कृपाराम चौधरीको आफ्नै नाम , मेयरका स्वकीय सचीव जयबहादुर कुँवर कि भाउजू र आमाको नाम , नगरपालिकाका कम्प्युटर अपरेटर रबिलाल डङौरा , र मेयरका पुर्व स्वकिय सचीवको बुबा लगायतका ब्यक्तिहरु लाई मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपंक्षी बिकास कार्यक्रम अन्तर्गत आएको अनुदानमा छनौट गरिए पछि वडावासीले व्यापक बिरोध गरेका छन् ।

चनौट प्रक्रियामा असन्तुष्ट बनेका स्थानीय वडावासीहरुले शुक्रबार उक्त छनौट बदर गरिनु पर्ने माग सहित वडा कार्यालयमा निवेदन दिएका छन् ।

मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपंक्षी बिकास कार्यक्रम अन्तर्गत आएको अनुदानका लागि किसानहरुको छनौट प्रकृयामै त्रुटि देखिएको वडा अध्यक्ष साइतु कुमार चौधरीले बताए । उनले भने त्यो छनौटका दिनमा आफू काम बिशेषले बाहिर भएकाले आफुलाई जानकारी नभएको बताए ।

मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपंक्षी बिकास कार्यक्रम अन्तर्गत आएको अनुदानका लागि किसानहरुको छनौट गरि वडाले पालिकामा सिफारिस गरेको कार्य विवादित भएपछि पुनः छनोट गर्ने तयारी गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. पानसिंह ठगुन्नाले बताए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु