September 13, 24
24.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

चिसापानीमा बन अतिक्रमण गरी बनाईएका पिलर हटाईयो

मा प्रकाशित

जमुना न्युरे
धनगढी,  जिल्लाको पुर्बी क्षेत्रमा रहेको कर्णाली कोरिडोरमा वनक्षेत्र अतिक्रमण गरि गाडियका पिल्लरहरु हटाइएको छ ।

लम्कीचुहा नगरपालिका वडा ३ मा पर्ने
चिसापानीकाे ढुङ्गे बजार नजिक करिब २ हे. वन छेत्र मा अतिक्रमण गरि जमिन किताकाट , जमिन खन्डिकरण गरि लगायका लगभग १५० पिलर भत्काएको हाे ।

चिसापानी सब डिभिजन बन कार्यलयको समन्वयमा नेपाल प्रहरी चिसापानी र लम्की , सशस्त्र प्रहरी डुडेझारी , राष्ट्रिय अनुसन्धान बिभाग , सब डिभिजन बन कार्यलय लम्की , टिकापुरको सयुक्त टोलि हटाइएको सब डिभिजन चिसापानी प्रमुख पुर्ण कुमार बिष्ट ले बताए ।
कर्णाली कोरिडोर बर्दिया राष्ट्रीय निकुञ्ज , भारत दुधुवा राष्ट्रीय निकुञ्ज , कर्तनिया (वल्ड लाइफ सेन्चुरी ) ,चुरे भावर हुँदै बसन्ता जैविक मार्ग सङ जोडिएका कोरिडोर हो ।
कर्णाली कोरिडोरलाई निकै महत्त्वपूर्ण कोरिडोर को रूपमा लियको छ जहाँ बाट स्थल प्रा‍णी , जलचर प्रा‍णी ले ओहोरदोहोर गर्ने गर्दछ्न ।
पछिल्लो समयमा अति संबेदनसिल , महत्वपूर्ण मानियको कर्णाली कोरिडोर अतिक्रमणको चपेटामा दिन दुगुना रात चौगुना परेको छ।
मानवीय क्रियाकलापले गर्दा कोरिडोर क्षेत्रमा अव्यवस्थित घर निर्माण , बजारीकरण , बिकास पुर्वाधार निर्माणका कार्य हुदा वन्यजन्तुलाई ओहोरदोहोर गर्न ,बासस्थान समेत नासिदै गयको छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु