April 25, 24
30.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

आर्थिक मामिला मन्त्री तामाङ द्वारा बिचफाँटाको डुबान क्षेत्र निरीक्षण

मा प्रकाशित

 

पुनर्वास फागुन १२
वर्षौंदेखि डुबानको जोखिममा रहेको पुनर्वास नगरपालिका ९ स्थित बिचफाँटामा सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री तारालामा तामाङले अनुगमन गरेका छन् ।

२०६५ को बाढीले पानीको निकास माटोले पुरिदिए पछि डुबानको मार खेप्दै आएको बिचफाँटाको सालघारी क्षेत्रमा मन्त्री तामाङले आज बिहीवार स्थलगत अनुगमन गरेका हुन ।

अनुगमन पश्चात् स्थानीय संग छलफल गर्दै मन्त्री तामाङ

अनुगमनमा डुबानग्रस्त क्षेत्रमा पुगेका मन्त्री तामाङले स्थानीय संग छलफल समेत गरेका हुन । यस ठाउँमा हुँदै आएको डुबानबाट किसानहरुलाई सघाउ पुगाउन पानीको निकासका लागि आफुले सक्दो सहयोग गर्ने मन्त्री तामाङले बताए ।

अन्नबाली उत्पादनका हिसाबले उर्भर रहेको उक्त क्षेत्रमा भएको डुबानका कारण किसानहरुको आर्थिक स्तर खस्कन पुगेको स्थानीयहरुको दुखेसो रहेको छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु