April 26, 24
28.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वासका मृगौला पीडित मगरलाई आई.बि.आर.डी. बजारबाट ५६ हजार बढी सहयोग

मा प्रकाशित

दीपेन्द्र बस्नेत पुनर्वास , चैत १५ । कंचनपुरको पुनर्वास नगरपालिका-३, आई.बि.आर.डी. स्थायी घर भएका मृगौला पीडित सुभाष पुलामी मगरका लागि आइबिआरडी बाट ५६ हजार आर्थिक सहयोग जुटेकाे छ।

केही समय देखि मृगौला पीडित भई उपचारका क्रममा रहेका ५५ वर्षीय मगरको उपचारमा केही राहत पुर्‍याउन बजारबासीहरुले आईतबार ५६ हजार ७ सय रुपैयाँ सहयोग गरेको हो ।

उनको उपचारका लागि पुनर्वास-३ का वडा सदस्य दुर्गा बि.क., कालिका बजार व्यवस्थापन समितिका अध्यक्ष मुरली सुनार लगायत बजार व्यवसायी र बासीहरुको सहयोगबाट आई.बि.आर.डी. बजारमा आर्थिक संकलन गरेका थिए ।

उनीहरूले देश विदेशका विभिन्न क्षेत्रबाट सकेसम्मको आर्थिक संकलन गर्ने अभियान सञ्चालन गरि स्वास्थ्य उपचारमा थप सहायता पुर्‍याउने र आर्थिकको अभाव हुन नदिने बताए ।

उनको दुबै मृगौला फेल भएपछी अहिले करिब ९ महिना देखि उपचारार्थ अवस्थामा छन् । उनको उपचार काठमाडौ स्थित सुमेरु हस्पिटलमा दुई महिना भएपनी हाल ७ महिना देखि चिरायु हस्पिटल काठमाडौमै उपचार भइरहेको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

मृगौला पीडित मगरको परिवारले स्वास्थ्य अवस्थामा सुधार ल्याउन आर्थिक सहायता गर्न सम्पुर्ण सहयोगी मनहरुमा अपिल गरेका छन् । उनलाई सहयोग गर्न चाहने व्यक्तिहरुले ९८०६४२७१५५, ९८१२६२४७३७ मा सम्पर्क गरि हेमराज पुलामी मगरको प्रभु बैकको खाता नम्बर १८३०१७५२९९१०००१३, माछापुच्छ्रे बैकको खाता नम्बर १०६५५२४८३५७४६०१४ मा आर्थिक जम्मा गर्न सक्नुहुनेछ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु