April 27, 24
20.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कञ्चनपुरको पुनर्वास बाट बेवारिसे अवस्थाकाे सुन चाँदीका गरगहना बरामद

मा प्रकाशित

किशोर तामाङ्ग/
कञ्चनपुर , १५ चैत्र । नेपाल भारत सिमावर्ती क्षेत्र रहेकाे कञ्चनपुरकाे पुनर्वास बाट सशस्त्र प्रहरीले वेवारिसे अवस्थामा रहेको ३६ लाख बढी रुपैयाँको सुन तथा चाँदीका गर गहना बरामद गरेको छ । साेमबार पुनर्वास नगरपालिका ११ डाेकेबजार बाट साे सामान बरामद गरिएकाे हाे ।

बिओपी डोकेबजारबाट खटिएको प्रहरी टोलीले कञ्चनपुरको पुनर्वास नगरपालिका ११ स्थित डोकेबजार कार्की होटेल नजिकबाट भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याई वेवारिसे अवस्थामा रहेको सुन ४३६ ग्राम चादी २०७ ग्राम फेला पारेको हो।

बरामद गरिएको ४३१ ग्राम सुन र २०७ ग्राम चाँदी को मूल्य ३६ लाख ८ हजार ४ सय ९० रुपैयाँ बराबरको रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेड क्वार्टर कैलालीले जनाएको छ ।

बरामद भएको सुन तथा चाँदीका गहना आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेड क्वार्टर कैलालीले जनाएको छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु