April 25, 24
30.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वासको ९ मा वडा कार्यालय उद्घाटन

मा प्रकाशित

कञ्चनपुर

पुनर्वास नगरपालिका वडा नम्बर ९ वडा कार्यालयको नव निर्मित भवन उद्घाटन गरिएको छ ।

नव निर्मित वडा कार्यालयको भवन पुनर्वास नगरपालिकाका मेयर जीवनराज थापाले एक कार्यक्रमका बीच आज उद्घाटन गरेका हुन ।

वडा कार्यालय भवन उद्घाटन संगै नगर प्रमुख थापाले सुकुम्बासी हरुलाई अस्थायी निस्सा बितरण गरेका थिए ।
मुलुकमा संघियता आए पश्चात् जनतालाई वडामै पायक स्थानमा सहज सेवा दिन प्रत्येक वडामा भवन निर्माण गर्ने कार्यक्रम अनुसार पुनर्वास ९ मा पनि वडा कार्यालयको भवन निर्माण गरिएको हो ।

वडावासीलाई सहज र प्रभावकारी सेवा दिने उदेश्यले वडा स्तरमै भवन निर्माण गरि सेवाको गुणस्तर बढाउन आज उद्घाटन गरिएको भवनले महत्वपूर्ण भुमिका निर्वाह गर्ने पुनर्वास नगरपालिकाका मेयर जीवनराज थापाले बताए ।

भवन निर्माण भए संगै पुनर्वासको सीमावर्ती यस वडामा जनतालाई छिटोछरितो र प्रभावकारी सेवाप्रदान गर्न सहज भएको पुनर्वास वडा नम्बर ९ का वडा अध्यक्ष नारायण प्रसाद जैसीले बताए ।

वडाकार्यालय उद्घाटन समारोह वडा अध्यक्ष नारायण प्रसाद जैसीको सभापतिवमा संचालन गरिएको थियो ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु