April 25, 24
25.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कञ्चनपुरको पुनर्वास १० मा जेठ ३ गते पुनः मतदान हुने

मा प्रकाशित

कञ्चनपुर  । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १० मा जेठ ३ गते पुनः मतदान हुने भएको छ । शुक्रवार अर्थात् वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा विजय माध्यमिक विद्यालयको मतदान केन्द्रमा  मृतक र वैदेशिक रोजगारीमा गएका व्यक्तिहरूको नामबाट मतदान गर्न खोज्दा विवाद उत्पन्न हुँदा मतदान स्थगन भएको थियो ।

अब सो वडामा जेठ ३ गते पुनः मतदान हुने निर्वाचन अधिकृतको कार्यालय पुनर्वासले जनाएको छ। मतदान बिहान ७ बजेदेखि बेलुकी  ५ बजेसम्म रहने  पुनर्वास नगरपालिकाकी निर्वाचन अधिकृत किरण जोशीले बताइन्।

तीन हजार १५ मतदाता रहेको सो वडामा नेकपा एमालेबाट राम बहादुर थापा, सत्तारुढ गठबन्धनबाट नेकपा माओवादीका शुकदेव राना,राप्रपाबाट रतन बहादुर मल्ल र नेपाली काँग्रेसबाट धिरेन्द्र भट्ट वडाध्यक्षको प्रतिस्पर्धामा रहेका छन् ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु