April 25, 24
29.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कञ्चनपुरको बेल्डाँडीका प्रमुख उप प्रमुखले गरे छोरी जन्मिए ३ हजार र गरिव संग विशेश्वरको निर्णय

मा प्रकाशित

 

कञ्चनपुर
छोरी जन्मिए बापत ३ हजार नगद र गरिव संग विशेश्वर कार्यक्रम लागू गर्ने नेपाली काँग्रेसबाट नवनिर्वाचित बेलडाँडी गाउँपालिकाका पालिका प्रमुखले पहिलाे निर्णय गरेका छन् ।

नेपाली समाजमा भ्रुण हत्याको घटना बढ्दै गएको सन्दर्भमा छोरी बचाउ अभियान स्वरुप प्राेत्साहान स्वरूप नगद रू ३ हजार दिने र पालिका भित्र सुत्केरीलाई एम्बुलेन्स सेवा नि:शुल्क, अन्यत्र लैजान पर्दा ५० प्रतिशत छुट सेवा लगायतका निर्णय गरिएका छन ।

शुक्रबार बसेकाे पालिका प्रमुख हरिश चन्द्र राना, उप प्रमुख शान्ती नाथ र वडा अध्यक्ष लगायतकाे पहिलो बैठकले उक्त निर्णय गरेको हो ।

बेल्डाँडी गाउँ पालिकाका पहिलो बैठकका निर्णय ।

१. विज्ञान विद्यालय सञ्चालन गर्न, बहु प्राविधिक विद्यालय स्थापना गर्न, माध्यमिक तह सम्म गुणस्तरीय शिक्षा नि:शुल्क बनाउन योजना एवं कार्यविधि तयार गर्ने निर्णय गरियो ।

२. भूमीहीन, हलिया, मुक्त कमैया, आरक्ष पिडित र अव्यवस्थित बसोबासको वस्तुपरक तथ्यांक संकलन गरी निस्सा वितरण गर्ने र जग्गा धनी प्रमाण पुर्जा वितरण गर्ने निर्णय गरियो ।

. पञ्च बर्षिय एकिकृत गुरु योजना निर्माण गर्ने, समृद्धि आयोजना सञ्चालन गर्ने, विषयगत समितिहरु निर्माण गर्ने, सल्लाहकार परिषद गठन गर्ने, विपन्न लक्षित कार्य योजना निर्माण गर्ने, किसान क्लबहरु निर्माण गर्ने, ईलम विकास केन्द्र सञ्चालन गर्ने, गरिब संग बि.पि. कार्यक्रम सञ्चालन गर्ने, बालिका जन्मेमा प्रोत्साहन भत्ता स्वरुप रु. ३००० (तिन हजार) दिने निर्णय गरियो ।

४. विपन्न गरिब, लक्षित वर्ग, मुक्त कमैया, कमलरी, एकल महिलालाई ३० यूनिट सम्म विद्युत महशुल नि:शुल्क र अति विपन्न, असहाय र जेष्ठ नागरिक तथा गर्भवति र सुत्केरी महिलाहरूलाई गाउँपालिका भित्र एम्बुलेन्स सेवा नि:शुल्क तथा पालिका बाहिर ५० प्रतिशत नि:शुल्क गर्ने निर्णय गरियो ।

५. स्थानिय सुरक्षा ऐन, शिक्षा कार्यविधि तत्काल निर्माण गर्ने, कर्मचारी व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणाली तयार गर्ने, आ.ब. २०७४/०७५ देखी २०७८/०७९ सम्म गाउँपालिकाको समिक्षा, परिक्षण र नियमन गर्ने निर्णय गरियो ।

६. सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने, स्वास्थ्य बिमा प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, नियमित स्वास्थ्य परिक्षण कार्यक्रमलाई प्राथमिकिकरण गर्ने निर्णय गरियो ।

७. पालिका भित्रका मुख्य-मुख्य मन्दिरका पुरोहित तथा मठाधिस, भलमन्सा, पास्टर लाई पुजा अर्चना गर्न एवं सदभावप्रोत्साहन वाफत वार्षिक रु. ५०००।- (पाँच हजार) दिने निर्णय गरियो ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु