April 27, 24
17.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

ट्राफिक नियम सम्वन्धि सचेतनामुलक अभियान चलाउदै प्रहरी

मा प्रकाशित

 कंचनपुरकाे शुक्लाफाँटा नगरपालिकामा रहेकाे ईलाका प्रहरी कार्यालय झलारि र अस्थायी प्रहरी पाेष्ट कलुवापुरकाे संयुक्त आयाेजनामा नागरिकलाई ट्राफिक नियम सम्वन्धि सचेतना मुलक अभियान संचालन गरेकाे छ।दिन प्रतिदिन वढ्दै गईरहेकाे सडक दुर्घटना राेकथाम संगै न्युनिकरण गर्न शनिवार झलारि वजारमा सचेतना मुलक -यालिकाे आयाेजना गरिएकाे हाे।ट्राफिक नियम सम्वन्धि जनचेतनाकाे अभाव संगसंगै चालक र आम नागरिककाे लापरबाहीले समेत कतिपय मानवले अकालमै अमुल्य ज्यान गुमाउनु पर्ने अवस्थाकाे तिताे यथार्थ छ।ट्राफिक नियमकाे उलंघन गरि सवारीसाधन चलाउने सवारि चालककाे लापरवाहीलाई मात्रै नियन्त्रण गर्न सके सडक दुर्घटनामा न्यून गर्न सकिने हुदा सचेतना मुलक अभियानको थालनि गरेकाे ईलाका प्रहरी कार्यालय झलारिका प्रहरी निरिक्षक ज्ञानेन्द्र वहादुर सिंहले वताए।उनले सडक दुर्घटना न्युनिकरण गर्दै मानव जीवन रक्षाकाे पवित्र उदेश्य राखि समयसमयमा सचेतना मुलक अभियान संचालन गर्ने संगसंगै सवारि साधन चालककाेअवस्था समेत चेकजाँच गरिनुका साथै अवस्था हेरि पुरूष्कृत र कार्वाही गरिने वताउदै प्रहरी निरिक्षक सिंहले भने कतिपय दुर्घटना जानिजानि हाम्रै लापरबाहीले हुने गरेपनि कतिपय अन्जानमै हुनसक्छन् तरपनि चालक र आम नागरिकले ट्राफिक नियमकाे पालना गर्दा ठुलठुला दुर्घटना वाट समेत वच्न सकिने हुन्छ प्रहरी निरिक्षक सिंहकाे भनाई रहेकाे थियाे।उनले प्रहरीकाे एक्लाे प्रयासले मात्रै सडक दुर्घटना राेक्न नसकिने हुदा आम नागरिक सराेकारवाला निकाय सम्वद्व पक्ष सवैकाे साथ सहयाेग सकारात्मक साेच राखि अभियानमा साथदिन सिंहले सवैमाआग्रह गरेका थिए।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु