April 27, 24
29.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पर्यटकहरुको आकर्षण बढाउन सिंगारिदै प्याराताल

मा प्रकाशित

वीर बहादुर सिंह
कञ्चनपुर,
कञ्चनपुरको पुनर्वास स्थित सदावहार जलाशय प्यारा तालको पर्यटन बिकासका लागि नागरिक स्तरबाट अभियान सुरु गरिए पछि ताल परिसरमा आन्तरिक पर्यटकहरुको आकर्षणका लागि सिंगार्ने काम सुरु भएको छ ।

सरकारी सरोकारवाला निकायको नजरबाट सधैं ओझेलमा पर्दै आएको प्यारा तालको जैविक पहिचानलाई उजागर गर्दै अहिले ताल परिसरमा पर्यटकहरुलाई आकर्षण गर्न धमाधम संरचनाहरु निर्माण गरिएको छ ।

नेपाल -भारत सीमा नजिक रहेको प्यारा तालको पर्यटन बिकासका लागि सुरु गरिएको अभियानमा नागरिकहरुको स्वस्फुर्त सहयोगले हाल सम्म ताल परिसरमा सेल्फी स्पट , माछाको प्रतिमा , कछुवाको प्रतिमा , दुर्लभ जलचर ओदको प्रतिमा तयार पारि अवलोकनका लागि ताल परिसरमा राखिएको कञ्चनपुरका पत्रकार तथा अभियानका संयोजक दीपेन्द्र बस्नेतले जनाउनु भयो ।

प्यारा तालको जैविक पहिचानलाई उजागर गर्दै पर्यटन बिकास गर्न ताल परिसरमा सजाउन गोही , मयुरको प्रतिमा , वाटर फाउन्टेन र झुला निर्माणको काम चालू रहेको अभियानका संयोजक बस्नेतले बताउनु भयो ।

बिश्वमै दुर्लभ मानिएको जलचर ओद Otter , सुन गोहोरो , दुर्लभ मानिएको पहेँलो धुरे कछुवा लगायतका जलचर प्राणीहरुको मुख्य वासस्थानका रुपमा प्यारा ताल रहेको छ । जैविक हिसाबले सुदूरपश्चिमकै उत्कृष्ट जलाशय हुँदाहुँदै , सरसफाइ , बिकास निर्माण र प्रचारप्रसारको कमिले ताल ओझेलमा पर्दै आएको थियो ।

तालमा पर्यटन बिकास र प्रचारप्रसारका लागि सम्बन्धित सरोकारवाला निकायहरुले बेवास्था गर्दै आए पछि नागरिक स्तरबाट स्वस्फुर्त अभियान सुरु गरिएको प्यारा तालको पर्यटन बिकासको नागरिक अभियानका सचिव प्रेम प्रसाद जैसीले बताउनु भयो ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु