April 25, 24
25.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

नव निर्वाचित मेयर शर्माद्वारा आर्थिक मन्त्रीलाई ज्ञापन

मा प्रकाशित

दीपेन्द्र बस्नेत
धनगढी
कृषि र पशुपंक्षितर्फको योजना माग गर्दै पुर्नवास नगरपालिकाका नव निर्वाचित प्रमुखले प्रदेशका आर्थिक मामिला मन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन ।

पुर्व आर्थिक मामिला मन्त्री तारालामा तामाङको समन्वयमा नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माले पशुतर्फ र कृषितर्फका विभिन्न योजना माग गर्दै बिहिबार आर्थिक मामिला मन्त्री प्रकाश रावललाई ज्ञापनपत्र बुझाएका हुन ।

नगर उप प्रमुख भुलिया कुमारी राना , प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐरी लगायत धनगढी पुगेका नगर प्रमुख शर्माले बुझाएको ज्ञापनपत्रमा कृषितर्फ नयाँ कृषि भवन निर्माण गर्नुपर्ने, आठ करोड ७२ लाख ८१ ह्जार सात सय ११ रुपैया लागत अनुमान गरि तयार भएको डिपिआर अनुसार १५ सय मेट्रिक टन बराबरको कोल्ड स्टोर निर्माण प्रक्रिया अघि बढाउनुपर्ने, विद्युतिय सिचाई र कृषि बजार निर्माण तथा व्यवस्थापन गर्नुपर्ने उल्लेख छ ।

यस्तै, पशुपंक्षितर्फ पशुपंक्षि अस्पताल, ३५ लाख १० हजार दुई सय ५९ रुपैयाँ लागत अनुमान गरिएको नगरपालिकाको वडा नम्बबर ७, ८ र ९ हेर्ने गरी र वडा नम्बर १० र ११ हेर्ने गरि पशु शाखाको आफनै भवन निर्माणका लागि बजेट विनियोजन गरिनुपर्ने उल्लेख छ ।

‘पशुपंक्षि र कृषि शाखाका लागि आवश्यक पर्ने भवन संयूक्त रुपमा निर्माण गर्न दुई करोड ६३ लाख १३ हजार चार सय ५६ लागत अनुमान गरिएको छ’ सो ज्ञापनपत्रमा भनिएको छ ।

प्रदेश सरकार अहिले आगामी आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रममा जुटेकोले प्रदेश सरकारको ध्यानाकर्षण गराउन सो ज्ञापनपत्र बुझाइएको नगर प्रमुख शर्माले बताए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु