जुद्ध चाैधरी
कञ्चनपुर, जेठ २० । सिचाई नहरकाे ढल निकास नहुदा कञ्चनपुर जिल्लाकाे बेलडाँडी गाउँपालिका १ रतनपुरका किसान बर्षाैँ देखि सयाैँ बिघा खेत बाँझाे राख्न बाध्य रहेका छन ।
वि.सं. २०५१ सालमा निर्माण गरिएकाे नहरकाे ढल ब्यवस्थापन नहुदा पानी थुनिएर सयाैँ बिघा जमिन सिमासार बनेकाे हाे । धान गहुँ लगायत सबै बाली उब्जनी हुने जमिन अहिले बाँझाे छाड्नु पर्ने बाध्यता आईपरेकाे स्थानियहरु दुखेसाे पाेख्छन । खेती याेग्य जमिन पानी जमेर दलदल भएकाे छ ।
रतनपुरका थारू समुदायका भलमन्सा भन्छन “आफुहरू खेतपातीमा निर्भर रहेकाले सराेकार निकायले सकभर चाँडाे नहरकाे ढल ब्यवस्थापन गरिदियाेस” ।
अर्का एक किसान पञ्चराम डँगाैरा दुखेसाे पाेख्दै भन्छन “यस्ताे जमिनमा केहि गरेर पनि खेतीपाती गर्न सकिदैन । यसरी आफ्नाे खेत बाँझाे राख्न मनले मान्दैन” ।
यहाँ हरेक बालीका लागी उपयुक्त जमिन रहेकाे छ । स्थानियहरु यसै जमिनमा खेतीपाती गर्दै जिवन निर्बाह गर्दै आएका छन । अहिले सम्म कुनै सँघसंस्थाले पनि ढल निकासका लागि पहल नगरेकाे स्थानियहरुकाे गुनासाे छ । पानी जमेर सिमसार भएकाे जमिनमा न त खेती गर्न मिल्छ न त घर निर्माण गर्न मिल्छ ।
सिचाई नहरकाे ढल ब्यवस्थापन नहुदा हजाराै विघा खेती याेग्य जमिन दलदले बनेकाे बताउदै बेलडाँडी गाउँपालिकाका नव निर्वाचित गाउँ अध्यक्ष हरिशचन्द्र रानाले किसान सम्बृद्ध नहुदा सम्म पालिका समृद्ध हुन नसक्ने बताउनु हुन्छ । बेलडाँडी गाउँपालिकाकाे अबकाे नगर अधिबेशन बाट ढल ब्यवस्थापनका लागि बजेट छुट्याउने र चाँडै कामकाे शुरुवात गरिने गाउँ अध्यक्ष हरिचन्द्र राना बताउनु हुन्छ ।
समयमा नै नहरकाे ढल ब्यवस्थापन गर्न सके किसानकाे जिविकाे पार्जनमा सहज हुनुका साथै त्यस जमिन बाट उत्पादन हुने अन्न बालीले देशकै अर्थतन्त्रमा सहयाेग पुग्ने थियाे ।