April 25, 24
18.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

लालझाडी गाउँपालिकाकाे कार्यपालिका सदस्यकाे सपथ ग्रहण सम्पन्न

मा प्रकाशित

लालझाडी, जेठ १६ । कञ्चनपुरकाे लालझाडी गाउँपालिकाकाे कार्यपालिका सदस्यकाे तथा सपथ ग्रहण सम्पन्न भएको छ ।
सोमबार लालझाडी गाउँपालिकाको सभाहलमा कार्यक्रमको आयोजना गर्दै नव निर्वाचित ६ जना कार्यपालिकाका सदस्यहरुलाई गाउँपालिकाका अध्यक्ष निर्मल रानाले बधाईसंगै शपथ ग्रहण गराएका हुन् ।

निर्वाचित कार्यपालिका सदस्यहरुमा बसमती राना, दिलमाया चौधरी, पशुपति देवि बिक, बिन्दु देवि तिरुवा, गिता देवि कोली र दुर्गा देवि कामी रहेको निर्वाचन अधिकृतको कार्यालय लालझाडीले जनाएको छ ।

कार्यक्रममा मन्तव्य राख्दै उपाध्यक्ष सपना चौधरी रानाले पालिकाको सम्पुर्ण जिम्मेवारी हामीमा थपिएकाले यस क्षेत्रको विकासमा हामी सबै मिलेर सहज तरिकाले लाग्नुपर्ने बताईन ।

त्यस्तै गाउँपालिकाका अध्यक्ष रानाले पालिकाको विकासका लागि सबैलाई समावेशी ढंगबाट लैजाने बताए । अध्यक्ष रानाले कुनैलाई भेदभाव गर्ने छैनौं , जनप्रतिनिधि र कर्मचारीको सल्लाह बमोजिम योजना तयार गर्नेछौ, कुनै डर र त्रासमा नरहेर निर्धक्क जनताको सेवामा काम गर्ने मन्तव्यका क्रममा जानकारी दिए ।

उनले निर्वाचनलाई विवाद रहित सु सम्पन्न गर्नमा सहयोग गर्नुहुने, निर्वाचन अधिकृत ,कर्मचारी, सुरक्षाकर्मी लगायत सम्पुर्ण जिम्मेवार व्यक्तिहरुलाई धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा सम्बाेधन गर्दै निर्वाचन अधिकृत चेतराज पन्तले लाेकतान्त्रिक पद्धति मार्फत जनप्रतिनिधि छानिएकाेमा सबैमा धन्यबाद ज्ञापन गर्नु भयाे । नवनिर्वाचित कार्यपालिका सदस्यलाई शुभकामना दिँदै
संघियताकाे ब्यापक अभ्यास गर्दै जनमुखि काम गर्न अनुराेध गर्नु भयाे । निर्वाचन अधिकृत पन्तले सक्षम नेतृत्व आएकाले अधिकारकाे सहि सदुपयाेग गर्नुस गरी काम गर्न सल्लाह दिनु भयाे । काम गर्न चुनाैती छ तर सबैलाई समेटेर काम गर्न पर्ने उहाँले बताउनु भयाे ।
निर्वाचन अधिकृत चेतराज पन्तको अध्यक्षतामा भएको शपथ ग्रहण कार्यक्रमको अतिथीमा गाउँपलालिका अध्यक्ष निर्मल राना र उपाध्यक्ष सपना चौधरी राना रहेकी थिईन । भने कार्यक्रमको सञ्चालन लेखापाल रामबहादुर रानाले गरेका थिए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु