April 19, 25
24.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

प्युठानको माण्डवी गाउँ पालिकामा ग्लोबल आइएमई लघुबित्तद्वारा बित्तीय साक्षरता कार्यक्रम

मा प्रकाशित

कञ्चनपुर ,
ग्लोबल आइएमई लघुबित्त बित्तीय सस्थाको शाखा कार्यालय देविस्थान प्युठानले बुधबार आफ्ना ग्राहक सदस्य तथा स्थानीयहरुलाई बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

गाउँपालिकाको सभाहलमा संचालित बित्तीय साक्षरता कार्यक्रमका प्रमुख अतिथी माण्डवी गाउपालिका वार्ड न. ३ का वडा अध्यक्ष धनेन्द्र कार्कीले कार्यक्रमलाई सम्बोधन गर्दै लघुबित्त निम्न बर्गहरुको बैंक भएको जसले सदस्यको इमान्दारीता हेरि बिना धितो सात लाख सम्म कर्जा उपलब्ध गराउदै आएको बताउनु भयो ।

बित्तीय संस्थाको पहुचको कारणले साहु महाजनबाट गरिब तथा बिपन्न बर्गले छुटकारा पाएको स्मरण गराउदै बित्तीय संस्थाबाट राम्रो लाभ लिई, बित्तीय संस्था सङ्ग बिश्वास जित्दै कारोबारको सहि सदुपयो गरि कृषि तथा ब्यबसाय गर्न सुझाव दिनु भयो । सहभागीहरुलाई आम्दानी अनुसार खर्च गर्न, क्षमता अनुसार कर्जा कारोबार गर्न, कर्जाको सदुपयोग गर्न साथै उधमशिल भएर कार्य गर्न सुझाव दिनु भयो ।
ग्लोबल आइएमई लघुबित्त बित्तीय संस्थाका प्रदेश प्रमुख वसन्त सुबेदीले कार्यक्रमको प्रशिक्षण गर्नु हुँदै, बैंक तथा बित्तीय सस्थाको परिचय, बचत, कर्जा, बिमा, रेमिटान्स,बजेट, बित्तीय अनुशासन तथा बिधुतिय कारोबार लगायत बिबिध बिषयमा प्रशिक्षण गर्नु भएको थियो ।
उक्त कार्यक्रममा ग्राहक सदस्य तथा स्थानिय ब्यक्तिहरु गरि ११६ जनाको सहभागीता रहेको थियो ।

पोखरा २६ बिजयपुर कास्कीमा केन्द्रीय कार्यालय रहेको ग्लोबल आइएमई लघुबित्त बित्तीय संस्था लि.ले सात वटै प्रदेशका ५४ वटा जिल्लामा रहेका १२१ वटा शाखा कार्यालय मार्फत एक लाख ५५ हजार भन्दा धेरै घरपरिवारलाई बित्तीय सेवा प्रदान गर्दै आएको छ । संस्थाले ग्राहक संरक्षण तथा सामाजिक उत्तरदायित्वका हरेक बर्ष थुप्रै कार्यहरु गर्दै आएको छ । बिद्यालयमा शैक्षिक सामग्री बितरण, प्रतीक्षालय तथा खाने पानी धारा निर्माण, ब्यबसाय पुनस्थापना सामग्री बितरण, कोरोना तथा भुकम्प प्रभावित सदस्यहरुलाई आर्थिक सहायता, जेहेनदार बिद्यार्थिहरुलाई छात्रवृत्ति, रक्तदान लगायत विविध सामाजिक कार्यहरु हरेक बर्ष गर्दै आइरहेको छ ।

-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु