September 11, 24
29.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

चुनावी प्रतिबद्धता कार्यान्वयनमा सक्रिय देखिदै पुनर्वासका नव निर्वाचित मेयर शर्मा

मा प्रकाशित

कञ्चनपुर
हेर्दा शान्त स्वभावका पुनर्वास नगरपालिकाका नव निर्वाचित नगर प्रमुख तोयप्रसाद शर्माले आफ्ना चुनावी प्रतिबद्धतालाई पालिकाबाट कार्यान्वयन गराउन सुरु गरेका छन् ।

यस अघि जेठ १० गते कार्यभार सम्हालेका पुनर्वास नगर प्रमुख शर्माले सुकुम्बासीलाई पुर्जा र शव वाहन खरिद गर्ने पहिलो निर्णय गरेका थिए ।

त्यस लगत्तै जेठ २२ गते आइतबार बसेको पुनर्वास नगरपालिकाको पहिलो कार्य पालिका बैठकबाट मेयर शर्माले मालपाेत, एकिकृत सम्पत्ती कर वडा कार्यालय बाटै बुझ्ने ब्यवस्था गर्ने र पुनर्वास सँग जाेडिएका नेपाल भारत सिमा क्षेत्रका नेपाली जमिन र बाढी प्रभावित जमिनकाे तथ्याङ्क संकलन गर्ने निर्णय गराएका छन् ।

कार्यपालिकाले आगामि आर्थिक बर्षका लागि सबै वडा कार्यालयले जेठ ३० गते सम्म वडा भेला सम्पन्न गराउन वडा कार्यालयलाई निर्देशन गर्ने निर्णय गरेकाे छ ।

चुनावी प्रतिस्पर्धामा रहदा प्राविधिक शिक्षामा जोड दिने प्रतिबद्धता गरेका शर्माले पुनर्वास न.पा. ५ मा रहेकाे गाैरी शँकर माध्यमिक विद्यालयलाई शैक्षिक सत्र यसै वर्ष देखी कक्षा ९ मा वाली बिज्ञान (कृषी) बिषयकाे प्राबिधिक तर्फकाे अध्यापन गराउन अनुमति दिने निर्णय भएकाे नगर प्रमुख ताेय प्रसाद शर्माले बताएका छन् ।

पुनर्वासमा देखिने गरि काम गर्ने प्रतिबद्धता सहित आफू सबै जातजाति , धर्म , समुदाय र वर्गका नागरिकहरु संग समन्वय गरि नगरको बिकासमा रत्तिभर बिचलित नभई लागि पर्ने नगर प्रमुख शर्माले बताए ।

 

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु