पुनर्वास, अषाढ १८ । आदीवासी जनजाती महा संघ पुनर्वास नगर समन्वय परिषदकाे अायाेजनामा शनिवार आदीवासी जनजातीहरुका हक अधिकार तथा कानुनी परामर्श सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।
कार्यक्रममा सहभागीहरुलाई अधिबक्ता पुष्प बिक्रम शाही, नेत्र तामाङ्ग र पुनर्वास नगरपालिकाका सूचना अधिकारी धाैलराम सार्कीले प्रशिक्षण दिएका थिए । कार्यक्रममा प्रमुख अतिथिकाे आशन बाट बाेल्दै नगर प्रमुख ताेय प्रसाद शर्माले आदीवासी जनजातीकाे बाहुल्यता रहेकाे पुनर्वासमा उनीहरुकाे हक अधिकार सुनिश्चित हुनु पर्ने बताउनु भयाे । देश निर्माणमा आदीवासी जनजाती समुदायकाे ठुलाे भुमिका रहेकाे बताउदै नगर प्रमुख शर्माले नियम सँगत गर्न सकिने सहयाेग गर्न अाफु तयार रहेकाे प्रतिबध्दता जानउनु भयाे ।
कार्यक्रममा सभापति आदीवासी जनजाती महासंघ पुनर्वास समन्वय परिषदका अध्यक्ष धाेखे राना रहनुभएकाे थियाे भने कार्यक्रमकाे सञ्चालन परिषदका सचिव पूर्णा कुमारी गुरूङ्गले गर्नु भएकाे थियाे । कार्यक्रम वार्ड नं. ६ काे सभाहलमा सम्पन्न भएकाे हाे ।
आदीवासी जनजातीहरुका हकअधिकार सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न
मा प्रकाशित