April 27, 24
20.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कञ्चनपुरका स्थानीय तहमा ३१ करोड बढी बेरुजु

मा प्रकाशित

कञ्चनपुर  । आर्थिक वर्ष २०७७/७८ मा कञ्चनपुरका नौ स्थानीय तहमा ३१ करोड बढी बेरुजु रकम देखिएको छ । महालेखा परीक्षकको ५९ औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/७८ मा ३१ करोड १५ लाख १४ हजार बेरुजु रकम देखिएको छ ।

जिल्लाको सबैभन्दा बढी बेरुजु रकम भिमदत्त नगरपालिकामा देखिएको छ ।  सो नगरपालिकामा १० करोड २४ लाख १० हजार रुपैंया बेरुजु देखिएको छ । यस्तै जिल्लामा सबैभन्दा कम बेल्डाँडी गाउँपालिकामा ४८ लाख ८७ हजार रुपैंया बेरुजु देखिएको छ ।

यस्तै लालझाडी गाउँपालिकामा ५८ लाख ५६ हजार बेरुजु देखिएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका १ करोड २९ लाख ५८ हजार,पुनर्वास नगरपालिकामा २ करोड ३५ लाख ८१ हजार रकम बेरुजु देखिएको छ ।

यस्तै दोधारा चाँदनी नगरपालिकामा ३ करोड १२ लाख ३५ हजार, बेदकोट नगरपालिकामा ३ करोड ८३ लाख ६३ हजार, बेलौरी नगरपालिकामा ३ करोड ९८ लाख ५६ हजार रकम बेरुजु देखिएको छ ।  यस्तै कृष्णपुर नगरपालिकामा ५ करोड २३ लाख ६८ हजार बेरुजु देखिएको छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु