कञ्चनपुर
नेपाली काँग्रेसका संस्थापक नेता जन नायक विपी कोइरालाको ४० औं स्मृति दिवस बेलडाँडीमा मनाइएको छ ।
नेपाली काँग्रेसको बेलडाँडी नगर समितिको आयोजनामा खप्रेश्वर मन्दिर परिसरमा बृक्षारोपण र बिरामीलाई फलफुल बितरण गरि मनाइएको हो ।
बेलडाँडी पालिका प्रमुख हरिश्चन्द्र राना , उपप्रमुख शान्ति नाथ , पार्टी सभापति गजबहादुर बिष्ट , महाधिवेशन प्रतिनिधि तथा पार्टीका नेता कार्यकर्ताहरु कार्यक्रममा सहभागी रहेका थिए ।
जहानिया राणा शासन र निर्दलीय पंचायती ब्यबस्था परिबर्तन गरि लोकतन्त्र स्थापनामा आफ्नो जीवन समर्पण गरेका जन नेता विपी कोइरालको साउन ६ गते बिबिध कार्यक्रमको आयोजना गर्दै नेपाली काँग्रेसले देशभर स्मृति दिवस मनाउदै आएको छ ।
