April 25, 24
22.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

सामाजिक सद्भाव खल्बलिने गरी क्लब गठन भएपछि माेतीअमर युवा क्लब द्वारा ध्यानाकर्षण

मा प्रकाशित

पुनर्वास, साउन १२ । कञ्चनपुरकाे पुनर्वास नगरपालिका २ मा सक्रिय क्लब हुदा हुदै सामाजिक सद्भावमा प्रभाव पर्ने गरी केहि ब्यक्तिले अलग क्लब गठन गरेकाे प्रति माेतीअमर युवा क्लबकाे गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ ।

बिहिवार प्रेस बिज्ञप्ती जारी गर्दै माेतीअमर युवा क्लबका अध्यक्ष लाल बहादुर एस.के. ले साे कुराकाे जानकारी गराएका छन । केही व्यक्तिको निहित स्वार्थका कारण मोतीअमर युवा क्लव हुदाहुदै यसको इतिहास मेटाउने उद्देश्यका साथ अर्को क्लब गठन गरी समुदायमा विभाजन ल्याउने, युवाहरुलाई लडाउन खोज्ने र आफ्नो अमुक स्वार्थपुर्तीका लागी अरुलाई प्रयोग गर्न उद्धत भई नयाँ क्लब गठन गरेको प्रति क्लबको गम्भिर ध्यानाकर्षण भएको माेतीअमर क्लबका अध्यक्ष लाल बहादुर एस.के. ले बताए ।

साबिक कालिका गाबिस हुदा अमरैयाकाे मयूर युवा क्लब र माेतीबस्तीकाे माेती युवा क्लबलाई वि.सं २०७२ सालमा राम बहादुर देवकरकाे अध्यक्षतामा दुई क्लबलाई मर्ज गरिएकाे थियाे । साे क्लबमा राम सिँह बिष्ट सचिवकाे जिम्मेवारी पाएका थिए । समुदायको समुन्नती र समृद्धिका लागी लामो समय देखी अनवरत रुपमा खट्टिएर मोतीअमर यूवा क्लबले भुमिका निर्वाह गरेको प्रष्ट पार्दै स्थानिय खेलाडीलाई प्रोत्साहन गर्दै राष्ट्रिय स्तर सम्म पुऱ्याउने लक्ष्यका साथ नियमित रुपमा आयोजना हुने हरेक प्रतियोगितामा उच्च प्राथमिकताका साथ खेलाडीहरुलाई क्लव गठनको इतिहासमै सबै भन्दा बढी सहभागी गराई अवसर प्रदान गरेको क्लब द्वारा प्रकाशित प्रेस बिज्ञप्तीमा उल्लेख छ ।

खेलकुदको क्षेत्रमा मात्र नभई समुदायका विकृति विसङ्गति विरुद्ध सतिसाल भै खडा भएर खवरदारी गर्दै आएका तमाम उदाहरणहरु हाम्रा अगाडी ताजै छन्। क्लवको प्रगतिलाई उच्च प्राथमिकता दिदै विभिन्न संघ संस्था संग सहकार्य गर्दै सहयोग र सहकार्यमा वृद्धि हुदै आएको कुरा पनी स्पष्ठ पार्न चाहान्छौं । नगरपालिका, प्रदेश संसद सँग वारवार परामर्श गरेर खेल मैदान निर्माणको लागी अनवरत रुपमा खटिरहेको कुरा पनि जानकारनै छ । प्रदेश सांसद र नगरपालिकाले खेल मैदानका लागी आवश्यक पुर्वाधार सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्दा पनि बदनियत पुर्वक केही व्यक्तिले त्यसलाई टार्दै गएकाे प्रेस बिज्ञप्तीमा जनाईएकाे छ ।

माेतीअमर युवा क्लबका खेल मैदान ब्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेशका पूर्ब अार्थिक मामिला तथा याेजना मन्त्री तारालामा तामाङ लाई २० लाख बजेटका छुट्याईदिन अाग्रह समेत गरिसकेकाे क्लबले जनाएकाे छ । समुदायको शान्ति, सद्भाव र अमनचयनमा दखल पुग्ने गरी समुदायलाई विभाजन गर्ने गरी कुनै पनी गतिविधी अगाडी बढाउने झुण्डको यस्ता गतिविधीका विरुद्धमा उभिन मोतीअमर युवा क्लबका उपाध्यक्ष यम प्रसाद अाचार्यले आग्रह गर्नु भएकाे छ । साथै क्लबलाई सफल बनाउन व्यापक रुपमा परामर्श गर्न एवं नयाँ युवाहरुलाई नेतृत्वमा पुयाउन अहिलेको क्लव तयार रहेकोले यो भ्रमबाट मुक्त भई एकताबद्ध हुन मोतीअमर यूवा क्लब सबैमा हार्दिक अनुरोध गरेका छन ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु