April 26, 24
28.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वासमा १३२ केभी विधुत प्रसारणको सब–स्टेशन स्थापना हुने

मा प्रकाशित

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा  १३२ केभी विधुत प्रसारणको सब–स्टेशन स्थापना हुने भएको छ ।त्यसका लागि नगरपालिकाले नेपाल विधुत प्राधिकरणलाई १३२ केभी विधुत प्रसारण केन्द्र स्थापनाका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको छ ।

बिहीबार पुनर्वास नगरपालिकामा नगर प्रमुख तोयप्रसाद शर्माको अध्यक्षतामा बसेको राष्ट्रिय आवास कम्पनीका महाप्रबन्धक सहित सर्वदलीय बैठकले नेपाल विधुत प्राधिकरणलाई विधुत प्रसारण केन्द्रको स्थापनाका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको हो ।

विधुत प्रसारण सब–स्टेशन स्थापनाका लागि नगरपालिकाको वडा नम्बर ५ मा रहेको राष्ट्रिय आवास कम्पनी लिमिटेडको कार्यालय भएको कित्ता नम्बर १९ को जमिनबाट कानुन बमोजिम आवश्यकता अनुसार दिने निर्णय गरेको हो ।

वर्षौँ देखि लो भोल्टेजको मार खेपिरहेका पुनर्वासीहरुका लागि विधुतको ३२ केभी प्रसारण लाइन सब–स्टेशन स्थापना भएपछि लो भोल्टेजको समस्या समाधान हुने विश्वास गरिएको छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु