April 25, 24
20.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पश्चिमा थारुले आज धुमधामका साथ अट्वारी पर्व मनाउदै

मा प्रकाशित

कञ्चनपुर, भदाै १२ ।
पश्चिम तराईका थारू समुदायले आज धुमधामका साथ अट्वारी पर्व मनाउदै छन ।
थारू अगुवाका अनुसार अट्वारी पर्व ऐतिहासिक घटनासँग जोडिएको छ । दाङका थारूराजा दङ्गीशरण र पाँच पाण्डवमध्ये भीमसँग सम्बन्धित छ । महाभारतका पाँच पाण्डव र दाङका थारूराजा दङ्गीशरणबीचमा लामो समयदेखि राम्रो सम्बन्ध थियो । पाँच पाण्डव र द्रोपदी सबै सुर्खेतको काँक्रेविहारमा घुम्नेबेला दाङका थारूराजा दङ्गीशरणको राज्यमा शत्रुहरूलाई आक्रमण गर्न लागेको खबर थाहा पाएपछि तावामा पकाउँदै गरेको रोटी छाडेर पाँच पाण्डवमध्ये भीम भोकै पेटमा पानीसमेत नखाई राजा दङ्गीशरणको पक्षमा लडेका थिए । भीमले राजा दङ्गीशरणको पक्षमा लडेर शत्रुलाई हराउन सफल भएका थिए । त्यही विजयोत्सवका अवसरमा थारू समुदायले अटवारी मनाउँदैआएका छन् ।

पूर्बका थारुले भने यस पर्वलाई रैब पर्वको रुपमा मनाउँदैछन् । शनिबार राति दर खाएर आइतबार दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने प्रचलन छ । ब्रत बसेको भोलिपल्ट सोमबार बिहान भात पकाएर विभिन्न परिकारसँगै भात–तरकारी देउतालाई चढाइसकेपछि मात्र खाने चलन सो समुदायमा रहेको छ ।

व्रत बसेको पहिलो दिन पनि अग्रासन छुट्याई अग्नि देवतालाई चढाइसकेपछि खाना खाने गरिन्छ । आफ्ना दिदीबहिनीलाई बिभिन्न खानाका परिकार अग्रासनकाे रुपमा अाफ्ना चेलीबेटीलाई दिने प्रचलन रहेको छ । यसले दिदीबहिनीबीचको सम्बन्धसमेत प्रगाढ हुने विश्वास थारू समुदायमा रहि अाएकाे छ । थारू समुदायको यो पर्वका अवसरमा आज सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु