April 25, 24
29.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

काँग्रेसले थाल्यो कंचनपुर १ मा निर्वाचन केन्द्रित अभियान

मा प्रकाशित

कंचनपुर
आसन्न निर्वाचनको तयारीका लागि नेपाली काँग्रेस कंचनपुर क्षेत्र नम्बर १ ले बिशेष तयारीका साथ अभियान सुरु गरेको छ ।

नेपाली काँग्रेस क्षेत्र नम्बर १ ले सोमबार (आज) बेलौरी भकुण्डा स्थित कालेश्वर महादेव मन्दिरको सभा हलमा एक कार्यक्रमको आयोजना गरि आसन्न निर्वाचनका बारे छलफल चलाएको हो ।

संविधानसभा सदस्य दिवानसिंह बिष्ट प्रमुख अतिथि रहेको कार्यक्रममा क्षेत्रका ३२ वटा वडा सभापति बीच अन्तरक्रिया गरिएको नेपाली काँग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सचिव विश्राम रानाले बताए ।

मंसिर ४ मा हुने संघिय र प्रदेश निर्वाचनमा पार्टी नेता कार्यकर्ताहरुको भुमिकाका बारे आबश्यक रणनीति सम्बन्धि अन्तरक्रिया गरिएको हो ।

क्षेत्रीय सभापति गोपिप्रसाद उपाध्यायको अध्यक्षतामा संचालित कार्यक्रममा पार्टीले टोलटोलमा अभियान चलाउने निष्कर्ष निकालिएको क्षेत्रीय सचिव रानाले बताए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु