March 14, 25
13 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पर्व मनाउने बिकृत तरिकालाई पुनरावलोकन गरौं

मा प्रकाशित

  • नारायण बहादुर बस्नेत
    हाम्रो संस्कार, हाम्रो परम्परा अनुसार तीज पर्व राष्ट्रिय पर्वको रूपमा नै लिईन्छ । यही भएर राष्ट्रले पनि महिलालाई मात्र भएपनि बिदा दिने चलन छ ।

यो पर्वले हामीलाई के सिकाउदै छ । यसको लेखाजोखा हामी कुनै संघ/संस्था नेपाल सरकार र राजनैतिक दलहरूले पनि गरेका छैनौ । यहाँ त बिभिन्न संघ/संस्थाहरू छन । स्थानीयतह अन्तर्गत गाउपालिका नगरपालिका छन । ती स्थानीयतह भित्र वडा कार्यालय पनि छन । नेपाल सरकारका कार्यालयहरू छन । बिभिन्न पार्टीहरू सकृय छन र यस्ता धेरै गैर सरकारी संघ संस्थाहरू छन ।

यो तिज पर्व हाम्रो संस्कार र परम्परा भनेको एकदिन मनाईने गरिन्थ्यो तर आज आएर माथि उल्लेख गरिएका संघ संस्था र सरकारी कार्यालयहरूले एकमहिना भन्दा बढि मनाउन थालेर बिकृति भित्र्याई रहेको पाईन्छ । ज जसले तिज मनाउन बोलाए पनि जाने चाहि उनै हुनेखाने नै हुन्छन ।

फुर्सद उनीहरूको नै हुन्छ, ति हुनेखानेले जुन कार्यक्रममा जादा पनि आफ्नो पहिरन र गरगहना फरक/ फरक लगाई आफुलाई अब्बल दर्जाको हु र रहेछु भन्ने पुष्टि गराई रहेका छन । दिदीबहिनीहरूले, त्यही कार्यक्रम भित्र उपस्थित भएकाहरू बिचमा पनि गहनाको एक किसिमको चर्चा परिचर्चा भएको पनि सुनिन्छ ।

कोही हँसिलो मुद्रामा देखिन्छन त कोही गम्भीर मुद्रामा रहेर मनाउदै आईरहेका छन । पर्व मनाउन आएका उपस्थित दिदीबहिनीहरू बिच फरक/ फरक सोच पाइन्छ । भने कुनै एकदिन मजदुरी गर्न गएन भने आफ्नो र परिवारको हातमुख एकै ठाउँमा पुग्दैन । त्यस्ता हुँदा खानेलाई कसले उद्धार गर्ने यो ठूलो प्रश्न खडा भएको छ । उनीहरू यो अरूले मनाएको तिजका दृश्य हेर्ने नै फुर्सद काहा छ र ! गहना त परै जाओस् पहिरनलाई फरक तरिकाले लगाउने कमाई नभएपछि हामी निम्न आय भएकाहरूलाई चुनौतीको बिषय बनेको छ, र भन्छन यस्ता बिकृतिहरूलाई सञ्चार माध्यम र टेलिभिजन कार्यक्रमहरूले चिर्नुपर्नेमा उनीहरूनै तिज पर्वको बिकृति रूप प्रस्तुत गरेर बढावा दिनतर्फ लागिपरेको पाईन्छ ।

नेपाल टेलिभिजनको प्रायम टेलिभिजन कार्यक्रममा दिइने धमलाको हमला “जनता जान्न चाहान्छन” कार्यक्रममा यस्ता बिकृतिका बिरूद्ध कहिले देखाउदैन भनेर तल्लाघरे छिमेकी कमला यस्ता दृश्य भएका फोटोहरू देखाउदै भन्छिन । पहेंलपुर पहिरन त छदैछ । सरकारी पहिरन र स्वास्थ्य स्वयं सेविकाको पहिरनमा समेत तिज बिशेष कार्यक्रममा नाचेर देखाएको दृश्यले हाम्रो परम्परा संस्कार र संस्कृतिलाई कुन ठाउँमा पुर्याउने हो । यो एकमहिने तिज बिशेष कार्यक्रमलाई कसले पुरानो एकदिने परम्परामा झार्ने हो । यसको खोजी आवाश्क ठान्दछु साथै यी हाम्रा संघ,संस्था,सरकारी कार्यालय, स्थानीयतह अन्तर्गत गाउँपालिका, नगरपालिका प्रत्येक वडा कार्यालय,गैर सरकारी संस्था आदिले देखाएको बिकृतिलाई कसरी हटाउने, भन्दै मेरो तल्लाघरे छिमेकी कमला भन्छिन:- हेर्नुहोस त चियाबगान मजदुर, होटल मजदुर, कृषि मजदुर, अर्थात बलको काम गर्ने महिला दिदीबहिनीहरूलाई कसले सम्बोधन गर्छ आम गुनासो सुनिन्छ । यसैगरि तिज पर्व मात्र हैन हाम्रा धेरै पर्वहरू छन ती पर्वहरूलाई पनि बिकृति भित्र्याएर पर्व मनाउदै जाने हो भने हाम्रो संस्कार परम्परा र संस्कृतिलाई कहाँ पुर्याउछ ?

आउदा पिँढीलाई हामीले कस्तो खालको सन्देश दिदैछौ ? यो प्रश्नको जवाफ बिकृति भित्र्याएर महिनौ मान्ने परम्पराको थालनी गर्ने सरकारी कार्यालय, स्थानीय तह, गैर सरकारी संस्था र प्रतिष्पर्धि संघ/संस्थाहरूका सञ्चालकहरूले दिनुपर्छ भन्ने मेरो बुझाई हो भन्दै मेरो तल्लाघरे छिमेकी कमला भन्छिन।

यसै बिचमा मेरा नगरवासी भाई राजकुमार कार्की जी ले सामाजिकसंन्जाल फेसबुकमा पोष्ट गर्नु भएको ” धमला माथि जनताको हमला” शिर्षकको कविता पनि यो लेखमा राख्न मन लाग्यो:-
आखिर निर्दोष नै ठहरिए त महरा दाजु
दोषी नै रहेछन् त रौसी बदाम और काजु!
आखिर निर्दोष नै रहेछन् त महरा दाजु
सजायको भागिदार बन्नु पर्ने होइन र
रौसी बदाम और काजु!
यहाँ त कस्तो एक तर्फी बाटो जस्तो रहेछ
जनता भने सधैं नै जान्न चाहन्छन्
तर के गर्नु आफू भने कहिल्यै जान्न नै चाहदैनन् धमला दाजु
उता रौसीकै नशामा नाचेरै भाइरल भइन भाउजू !

यी नाचका दृश्यहरूले के पुष्टि गरि रहेको छ । यस तर्फ सबैको ध्यान पुग्न जरुरी ठान्दै, अन्त्यमा हाम्रो संस्कार, परम्परा र संस्कृतिलाई जगेर्ना गरौं । बिगार्ने काममा हामी कोही पनि नलागौं। बिकृति र बिसङ्गतिलाई अन्त्य गर्न पर्व मनाउने परम्परालाई पुनरावलोकन गरौ,हाम्रो संस्कार हाम्रो धन सम्पत्ति हो।

-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु