March 29, 24
22.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

यस्ता छन् भीमदत्त नगरपालिकाका जनप्रतिनिधिका सय दिन

मा प्रकाशित

कञ्चनपुर,२० भदौ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा मेयर पदम बोगटीले नेतृत्व गरेयता भएका कामहरु सार्वजनिक गरिएको छ । जनप्रतिनिधिको सय दिन पूरा भएको अवसरमा नगर प्रवक्ता महेन्द्र खड़काले सामाजिक सञ्जाल फेसबुकमाफर्त १६ काम सार्वजनिक गरेका हुन्।

उनले सार्वजनिक गरेको कामको पहिलो बुदामा ७५ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई घरदैलोमै निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण सेवा सुरु गरेको उल्लेखछ । सुरक्षित मातृत्व कार्यक्रम अन्र्तगत गर्भवती महिलाहरुलाई प्रसुति सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेको नगरपालिकाले जनाएको छ ।

यसैगरी, नेपाल रेडक्रस सोसाइटीको सहयोगमा रक्तदान कार्यक्रम, पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा, नगरपालिकालाई साक्षर नगरपालिका घोषणा, शैक्षिक पाश्र्व चित्र निर्माण गरेको जनाइएको छ ।

त्यस्तै, नगरपालिकाको वडा नं. १, २ र ३ मा किसान सुचिकरण गर्ने कार्य सुरु, कक्षा १, २ र ६ को पाठ्यपुस्तक निर्माण, सहकारी संस्थाहरुमा एकिकृत सुचना प्रणाली सञ्चालन, न्यायिक समितिबाट ४ वटा विवादहरुको निरुपण गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिका क्षेत्रलाई स्वच्छ र सफा राख्ने उद्देश्यले नगर सरसफाई अभियान सुरु, वडाहरुमा सडक बत्ती जडान र मर्मत सम्भार, । विभिन्न वडाहरुमा विद्युतलाइन विस्तार तथा ट्रान्सर्फमर जडान गर्ने कार्य सुरु, सबै वडाहरुमा बोटबिरुवा वितरण र वृक्षारोपण, सामुदायिक चौपायाको दिगो व्यवस्थापनका सरोकारवालासंग समन्वय तथा अध्ययन र अवलोकन गरेको नगरपालिकाले सार्वजनिक गरेको पत्रमा उल्लेख छ ।

त्यस्तै, महेन्द्रनगर विमानस्थल निर्माणका लागि जग्गा प्राप्ती, एकिकृत फोहरमैला व्यवस्थापन केन्द्रको लागि जग्गा प्राप्ती, महाकाली नदीको तटबन्ध, क्षेत्रीय शहरी विकास अन्र्तगत सञ्चालित योजनाहरुको निरन्तरता र भीमदत्त स्मार्ट सिटी छनौट गर्ने सम्बन्धमा संघीय सरकारका सम्बन्धित निकायहरुमा पहल गरेको नगरपालिकाले जनाएको छ ।

May be an image of text

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु