April 25, 24
30.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वासलाई अपाङ्गमैत्री नगरपालिका बनाउछु : नगरप्रमुख शर्मा

मा प्रकाशित

किशोर तामाङ।
पुनर्वास,   कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकामा अपाङ्ग हक अधिकार संरक्षण संघले साेमवार आयाेजना गरेको  कार्यक्रममा बाेल्दै पुनर्वास नगरपालिकाका नगर प्रमुख ताेय प्रसाद शर्माले पुनर्वास नगरपालिका लाई अपाङ्ग मैत्री नगर बनाउने बताउनु भएकाे छ ।

पुनर्वास नगरपालिका वडा नम्बर न ६ को सभाहलमा अपाङ्ग हक अधिकार संरक्षण संघ पुनर्वासका अध्यक्ष छेन लामा तामाङको सभापत्तिव र पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा जयूको प्रमुख अतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा पुनर्वास नगरपालिकाका करीव २०० जना असक्त असहाय र अपाङ्गता ब्यक्तिहरूको सहभागी रहेको थियो।

कार्यक्रममा अतिथिको आसनबाट बोलदै बिष्णु भक्त पौडेलले भने अपाङ्गता भएका व्यक्ति र बालबालिकाहरूलाई उनीहरूको पूर्ण क्षमतासम्म पुग्न अझ बढी अवसरहरू प्रदान गर्न आह्वान गरेका थिए। नगरपलिकाले बजेट विनियोजन गर्दा प्रत्यक्ष अपाङ्ग हक अधिकार संरक्षण संघ पुनर्वास लक्षित कार्यक्रम राख्न माग समेत गरेका थिए। अतिथिकै आसनबाट बोलदै पुनर्वास जनता उ मा बि का प्रधानाध्यापक मान बहादुर तामाङले सरकारद्वारा अपाङ्गता भएकाहरुका लागि विशेष कक्षाको व्यवस्था गरिएपछि पुजामावि स्थित यो विद्यालयमा अहिले ३० जना विद्यार्थी अध्ययनरत छन् । यी नानीबाबुहरूको उच्च शिक्षाको लागि आगमी दिनहरुमा स्थानीय सरकारले उचित बजेट बिनियोजन गर्नुपर्ने बताउनुभयो।

यसैगरी पुनर्वास नगरपालिका वडा नम्बर ६का वडाअध्यक्ष मित्र सिङ लामा ले स्थानीय सरकार अपाङ्गताका आधारमा हुने सबै प्रकारका भेदभावलाई प्रतिबन्धित गर्दै नगरमा अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वास्थ्य सेवा, शिक्षा, सामाजिक सहायता र रोजगारीसहित आधारभूत सेवा तथा अधिकारमा समान पहुँच पुर्याउन कटिबद्ध रहेको बताउनुभयो।

उक्त कार्यक्रममा वडा नम्बर ८का वडाअध्यक्ष राना श्रवणले अपाङ्गता के हो यस बिषयमा आफु पुर्ण जानकार रहेको बताए। उनले आफनो वडाको बजेटमा समेत अपाङ्ग मैत्री बजेट बनाएको जिकिर गर्नुभयो। रानाले भने अपाङ्गता भएका व्यक्तिहरू पनि समाजका सक्रिय सदस्यहरू हुन् र सही अवसर प्रदान गरिएमा उनीहरूले समाजको उन्नतिका लागि उल्लेखनीय योगदान पुर्याउन सक्छन् भन्ने कुरामा जोड दिनुभयो।

नगरप्रमुख तोय प्रसाद शर्मा ले प्रमुख अतिथ्यको आसन्नबाट बोलदै अपाङ्गता भएका व्यक्तिका लागि सकारात्मक विभेद रहित , समानुपातिक प्रतिनिधित्व तथा सामाजिक सुरक्षाकाे पहुँचमा वृद्धि गरी सीमित स्रोत र साधनकाे अधिकतम परिचालनबाट सम्मानपूर्वक जीवनयापन गर्ने वातावरण मिलाउन स्थानीय सरकार प्रयत्नरत रहेको बताउनुभयो। नगरप्रमुख शर्मा ले निकट भविष्यमा अपाङ्ग परिचय पत्रसम्बन्धी नगरले कार्यबिधी बनाएर अपाङ्ग मैत्री नगरपालिका बनाई स्थानीय तहबाटै अपाङ्गता परिचय पत्र वितरण गर्ने प्रबन्ध मिलाउन आफु प्रयत्नरत रहेको बताउनुभयो। शर्माका अनुसार पूर्ण अशक्त अपाङ्गतालाई रातो परिचय पत्र, अति अशक्त अपाङ्गलाई निलो, मध्यम अपाङ्गलाई पहेंलो र समान्य अपाङ्गता भएको व्यक्तिलार्ई सेतो परिचय पत्र वितरण गर्दै राज्यले दिने सेवा सुविधासहित थप जिविकोपार्जनमा टेवा पुराउने कार्यक्रम नगरले आगामी दिनहरूमा संचालन गर्ने बताए । उनले अहिले पनि केहि रचनात्मक कामहरु नगरले गरिरहेकाले अर्को बर्ष अझै व्यवस्थित गरेर जाने प्रतिवद्धता व्यक्त गरे ।

अपाङ्ग हक अधिकार संरक्षण संघ पुनर्वास द्वारा आयोजित स्थानीय मेयर उपमेयर वडाअध्यक्ष र सदस्यज्युहरूको सम्मान तथा स्वागत कार्यक्रममा दुर्गालाल मोक्तान को स्वागत मन्तव्य बाट शुरू भएको कार्यक्रमलाई पुजउमाबिका श्रव्य शिक्षक बिष्णु आर्यालले सञ्चालन गर्नुभएको थियो।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु