April 27, 24
17.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

गठबन्धन गर्ने केन्द्रिय समितिको निर्णय मान्न हामी बाध्य छैनौं : काँग्रेस नेता बिष्ट

मा प्रकाशित

 

दीपेन्द्र बस्नेत
कञ्चनपुर
आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धन गर्ने केन्द्रिय समितिको निर्णय मान्न हामी बाध्य नभएको संविधानसभा सदस्य एवं नेपाली काँग्रेसका नेता दिवानसिंह बिष्टले बताए ।

सोमबार कञ्चनपुरको पुनर्वासमा नेपाली काँग्रेस द्वारा आयोजित “जनताको साथमा काँग्रेस” अभियान कार्यक्रममा बोल्दै नेता बिष्टले भने ” काँग्रेसले जित्ने निर्वाचन क्षेत्र माओवादीलाई काँग्रेसले किन छोड्ने ?

गठबन्धन त्यहाँ गरौ जहाँ जित्न सकिँदैन नेता बिष्टले भने कञ्चनपुर १ मा गठबन्धन गरे पनि माओवादी नेतृ बिना जि चुनाव जित्नु हुन्न । हार्ने उम्मेदवारलाई काँग्रेसले किन काँध थाप्ने ? नेता बिष्टले भने – गठबन्धन गर्ने नगर्ने निर्णय गर्ने केन्द्रको अधिकार हो भने बिद्रोह गर्ने अधिकार हाम्रो हो । जबर्जस्ती लादिए बिद्रोह हुनेछ ।

निर्वाचनको तयारीका लागि काँग्रेसले थालेको जनताको साथमा काँग्रेस अभियानका प्रमुख अतिथी नेपाली काँग्रेसका केन्द्रिय सदस्य रामजनम चौधरीले यस क्षेत्रका कार्यकर्ताहरुको भावना जस्ताको त्यस्तै केन्द्रिय समितिमा राख्ने बताए ।

सोमबार नेपाली काँग्रेसले कञ्चनपुर १ मा प्रदेश १ को पुनर्वास र प्रदेश २ को बेलौरीमा कार्यक्रमको आयोजना गरेको छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु