April 24, 24
19.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

ट्रकको ठक्करबाट पुर्नवासका बल बहादुर तामाङ्गकाे मृत्यु

मा प्रकाशित

किशोर तामाङ ।
कञ्चनपुर ,  ट्रकले मोटरसाइकललाई ठक्कर दिदा कञ्चनपुरका बल बहादुर तामाङ्गकाे काठमाडौँमा मृत्यु भएको छ। दुर्घटनामा परि पुर्नवास नगरपालिका–२ अरनिकोबस्ती बस्ने २८ वर्षीय बल बहादुर तामाङ नामले परिचित सुगम तामाङ्गकाे मृत्यु भएकाे हाे ।

पुनर्वास देखी काठमाडौं आफन्त कहाँ भेटघाट गर्न भनी मोटरसाइकलमा घरबाट निस्केका तामाङ शुक्रबार बिहान काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गास्थित सडकखण्डमा दुर्घटना भएको थियो।

चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गास्थित सडकखण्डमा ना ४ ख १०६२ नम्बरको ट्रक र उनी सवार सुप्रप्र ०१–११ प २८५८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका तामाङको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएकाे छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतक तामाङको घरमा आमा बुवा श्रीमती एक छोरी र एक छोरा रहेका छन्।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु