September 13, 24
24.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

दार्चुलामा बाढीको बितन्डा १ को मृत्यु ११ बेपत्ता

मा प्रकाशित

प्रकाश चन्द्र भट्ट ।
दार्चुला,
अविरल वर्षाका कारण दार्चुलामा बाढिका कारण  दार्चुलामा एक जनाको मृत्यु हुनुका साथै ११ जना बेपत्ता भएका छन् ।
गएरातिको वर्षाले महाकाली नदि र लास्कु खोलामा बाढी आएको हो । बाढिले दार्चुलाले २२ घरमा क्षती पुर्याएकाे छ ।  सदरमुकाम बाङ्गाबगरका १० घर, लास्कुका २ घर र डुङरीका १० घरमा क्षती पुर्याएकाे हाे। बेपत्ता हुनेहरुमा महाकाली नगरपालिका वडा नम्बर ३ डुङरीका ५२ वर्षिय धन सिह कार्की, ४५ वर्षिया श्रीमति मानमती कार्की, उनकै जेठो छोरा १८ वर्षिय दिपक कार्की, कान्छो छोरा १० वर्षिय दिनेश कार्की रहेका छन् । वडा नम्बर १ लास्कुका ४० वर्षिय सरश्वती देवि लोहार उनका श्रीमान वर्ष ४५ का मोहनराम लोहार पनि बेपत्ता भएका छन् । यस्तै जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर १ सल्लामा गएको पहिरोले १३ वर्षिय मदे ठगुन्नाको मृत्यु भएको छ भने सोही ठाउँका ३० वर्षिया किमडी ठगुन्ना बेपत्ता भएका छन । सोही पालिकाको वडा नम्बर २ दल्लेखका मोहन राम पार्की पनि बेपत्ता भएका छन् ।
बाढीले दार्चुलामा चार ओटा पक्की पुल र २ झोलुङ्गे पुल समेत  बगाएको छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु