जुद्ध चाैधरी /
बेलाैरी । थारु कल्याणकारी सभा कञ्चनपुरकाे नवाैँ जिल्ला अधिबेशन बाट सुनिता चाैधरी सानु निर्वाचित हुनु भएकाे छ । शनिवार सम्पन्न अधिबेशन बाट सुनिता चाैधरी २८ मत ल्याई सभापतिमा निर्वाचित हुनु भएकाे हाे ।
सुनिताका प्रतिस्पर्धी राेशन चाैधरीले २१ मत प्राप्त गरेका थिए । अन्य पदका लागि भने आपसी सहमती बाटै पदाधिकारी चयन भएकाे थाकसले जनाएकाे छ । नव निर्वाचित पदाधिकारीलाई कार्यक्रमका प्रमुख अतिथि तथा थाकस केन्द्रीय सदस्य प्रभात थारुले सपथ ग्रहण गराउनु भएकाे थियाे ।
उपसभापतिमा अम्बिका चाैधरी, आशाराम चाैधरी र रतनलाल राना, सचिवमा रेशम चाैधरी, सहसचिवमा राजकुमार चाैधरी, काेषाध्यक्षमा बसन्ती चाैधरी सर्बसम्मत चयन भएका छन । त्यसैगरी सदस्यहरुमा कुमारी लक्ष्मी चाैधरी, जुहारिलाल चाैधरी, सीता डँगाैरा, चन्द्र प्रकाश चाैधरी, टेक बहादुर चाैधरी, प्रकाश राना, जगदीश चाैधरी ज्ञानु चाैधरि र सीता चाैधरी चयन भएका छन । अधिबेशन बाट हरिराम चाैधरी, लक्ष्मी नारायण चाैधरी, गीता चाैधरी, उदय चाैधरी, दुलारे राना र अारती चाैधरीलाई केन्द्रिय पार्षद चुनिएका छन ।
बेलाैरी स्थित थारु छात्रवासकाे प्राङ्गणमा भएकाे बृहत कार्यक्रममा सामाजिक अभियन्ताहरुलाइ सम्मान पत्रका साथै दाेसल्ला ओढाएर सम्मान गरिएको थियाे ।
थाकसले अधिबेशन सँगै रक्तदान कार्यक्रम पनि गरेको छ । २२ जनाले रक्तदान गरेकाे थाकसले जनाएकाे छ ।
